
Srbpu
Gfs
Unsku
Djs
Pes
Sgr
sbs
cjs
Pbu
Rgp1
Ggp
Rgp
Lnp
pku

Sls
Bbbpu
Vor
nsb
Bbu
Hal
Ssm
Rgs
Sbs
Wsp
Asm
Pvg
Rgu
Ksm
Ggd
Rgu
Rsb
Tsm
Gst

bbt
Bml
Jmb
Pls
Mks
Ptm
Abd
Rmb
Jmb
Gsb
Rpp
sab
Syp
दाङ । नागरिकको शान्ति सुरक्षामा दाङ प्रहरीको अभूतपूर्व सफलता रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख (एसपी) वीरबहादुर ओलीले बताउनु भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरमा नयाँ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई आए पछीको १२ जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन पछी जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख (एसपी )वीरबहादुर ओलीले प्रहरीद्वारा दिने सेवा नि:शुल्क हुनुपर्छ कसैले सेवा ग्राहीहरुसंग पैसा लिन्छ या दुव्र्यवहार गर्छ भने त्यो प्रहरी कर्मचारीले कुनैपनि गल्ती गर्छ भने ठाँउको ठाँउ कार्वाही गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
अत्यन्तै न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई बढ्दो सवारी साधनहरुकाे चाँपले गर्दा त्यसको व्यवस्थापन गर्न दाङ प्रहरीले निरंतरता काम अघि बढाएको बताउनु भयो । दाङ जिल्लामा दैनिक रूपमा गुणात्मक तरिकाले बढिरहेका सवारी साधनहरुलाई अंकगणितका हिसाबले भर्ना गरिने ट्राफिक प्रहरी कर्मचारीहरुबाट उचित ध्यान दिन हम्मेहम्मे परिरहेको यथार्थ झल्काउनु भयो ।
त्यस्तै आवश्यक ट्राफिक प्रहरी कर्मचारीहरुको अभावको कारण नै सवारी साधनहरुको दुर्घटना न्यूनीकरणमा आशा गरिएको जति उपलब्धि हुन नसकेकोमा दाङ एसपी ओलीले दुखेसो गर्नु भएको छ । जेजस्तो अवस्थाबाट गुज्रिएर भएपनि ट्राफिक लगायत नेपाल प्रहरीले अहोरात्र खटेर देश तथा नागरिकको सेवा सुरक्षाको प्रत्याभूति दिन सकेकोमा नेपाल प्रहरी सङ्गठनका हिसाबले खुशी व्यक्त गर्नु भयो ।
नेपाल प्रहरी आम नागरिकको सेवा सुरक्षार्थ तैनाथ एउटा छुट्टै गौरव र गाथा बोकेको संगठन भएकाले समाजका सबै तह तप्का वर्गका आम नागरिकहरुको साथ सहयोग प्राप्त भएमा मात्र लक्ष्य प्राप्ति गर्न सकिने औंल्याउदै एसपी ओलीले नागरिकको शान्ति सुरक्षामा दाङ प्रहरीको अभूतपूर्व सफलता रहेको बताउनु भयो । सिधा-पत्र डटकमका काईम बिट प्रमुख सागर थापासंगको कुराकानीमा दाङका प्रहरी प्रमुख एसपी ओलीले सो कुरा बताउनु भएको हो ।
