शिबराज पन्थी/सिधा-पत्र कर्मी बिहिबार, माघ १९, २०७९

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको सभाहलमा एक दिन अगाडी नै गढवा स्थित जनता माध्यमिक बिद्यालयको ६२ औं वार्षिकोत्सव समारोह तथा स्मारिका बिमोचन कार्यक्रमको आयोजना गरियो । साउण्ड प्रबिधि र मञ्चको पुर्ण तयारी गरि विद्यालय ब्यवस्थापन समितिका अध्यक्षको सभापतित्व र प्रतिनिधीसभाका सांसद मेटमणि चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु गरियो । तयार गरिएको तालिका बमोजिम सञ्चालकले कार्यक्रम सञ्चालन गर्दै गर्दा सोहि समारोहमा वार्षिकोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथीले विधिवत् रुपमा स्मारीकाको बिमोचन समेत गर्नुभयो ।झट्ट हेर्दा विद्यालयको वार्षिकोत्सव आरम्भ भएजस्तै मानिए पनि सन्दर्भ महिलाहरुका लागि उद्घोषण तालिमको प्रयोगात्मक अभ्यास थियो । तालिमका सहभागिहरुले कार्यक्रम सञ्चालन गर्न अभ्यास गर्दै रहदा विद्यालयकै वार्षित्सवको झझल्को आउथ्यो । गढवा गाउँपालिका वडा नम्बर ७ र देउखुरी सामुदायिक पुस्तकालयको समेत लागत सझेदारीमा महिला शसक्रिकरणका लागि चार दिने उद्घोषण तालिको आयोजना गरिएको थियो ।सैद्धान्तिक र प्रयोगात्माक अभ्यास संगै चारदिने कार्यक्रम सम्पन्न भएको पुस्तकालयले जनाएको छ । पुस्तकालयका अध्यक्ष ओभा पाठकको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा अध्यक्ष राहुलदेव चौधरी,वडा सदस्य तथा न्यायिक समितिका सदस्य रेखा थापा,सहभागिहरु नारायणी बिक र निर्मला नेपाली लगायतले बोल्नुभएको थियो । तिस जना महिलाहरुको उद्घोषण क्षमताको विकास गर्न यो कार्यक्रमको आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

सहभागि महिलाहरु बिच सम्पन्न उद्घोषण अभ्यास प्रतियोगितामा नारायणी बिक प्रथम,पबित्रा बिसी द्धितिय,कल्पना दाहाल र राधिका भण्डारी तृतीय र निर्मला नेपाली तथा रिता थापाले सान्त्वना स्थान हाँसिल गर्नुभएको थियो । कार्यक्रममा बिजेतालाई पुरस्कार र सहभागि सबैलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । तासिलकमो प्रशिक्षकमा ओभा पाठक,पत्रकार दुखहरण यादव र शिबराज पन्थी रहनु भएको थियो । समापन कार्यक्रमको सञ्चालन तालिममका सहभागि राधिका भण्डारीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]