
cjs
Gfs
Rgp1
Djs
Lnp
pku
Sgr
Ses
Unsku
Rgp
Ggp
Pes
Pbu
Srbpu

Bbbpu
Tsm
Vor
nsb
Ksm
Pvg
Sls
Hal
Sbs
Rgu
Asm
Gst
Rsb
Bbu
Ggd
Rgu
Ssm
Rgs
Wsp

Rmb
Bml
Jmb
Ptm
sab
Jmb
bbt
Pls
Mks
Syp
Rpp
Abd
Gsb
रुपन्देही । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।
बुटवल उपमहानगरपालिकाले देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलनको आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
समान समस्या,समान मुद्दा र समान संरचना भएका हामीहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनु भयो ।
माघ २१ र २२ गते हुने सम्मेलनमा देशभरका उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको सहभागिता रहने पाण्डेयले बताउनु भयो । उपमहानगरका प्रमुख, उपप्रमुख,प्रशासकीय अधिकृत र विभिन्न निकायका प्रतिनिधि सहित करीब ५ सय सहभागी हुने सम्मेलनले साझा प्रतिबद्धता सहितको बुटवल घोषणापत्र जारी गर्ने उहाँको भनाई छ । पाण्डेले सम्मेलनको उद्घाटन समारोह बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा र अन्य शत्रहरु बुटवल उपमहानगरको सभाहलमा हुने जानकारी दिनु भयो ।
