
Sgr
Ggp
Rgp
Lnp
Rgp1
Srbpu
Pbu
pku
Unsku

Ssm
Bbbpu
Sbs
Sls
Wsp
Pvg
Ggd
Tsm
Asm
Hal
Gst
Rgu
Ksm
Bbu
Rgu
Rgs
nsb
Vor
Rsb

Abd
Bml
Rmb
Pls
Jmb
Jmb
Rpp
Syp
sab
bbt
Ptm
Gsb
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिकाको दाेस्राे गाउँ सभाकाे दाेस्राे अधिवेशन तथा तेस्रो बैठक साेमबार गाउँपालिकाकाे सभाहल मसुरियामा सम्पन्न भएको छ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे अध्यक्षतामा सम्पन्न भएको छलफल तथा बैठकमा विभिन्न १३ ओटा विधेयकहरु पेश भएकाे थियो । पेश भएका विधेयकहरु मध्ये ४ वटा विधेयक माथि दफाबार छलफल भई सर्वसम्मत रुपमा पारित भएका छन् भने बाँकी ९ वटा विधेयकहरु आगामी बैठकले निर्णय गर्ने गरि अध्यनकाे लागि समय दिईएको छ।
साे छलफल तथा बैठकमा सभाका सदस्य सिताराम चाैधरीले पेश गर्नु भएको गाउँपलिकाकाे संस्था दर्ता विधेयक २०७९,गेमे खड्काले पेश गर्नु भएको कृषि व्यवसाय प्रबर्धन ऐन २०७५ काे संशोधन विधेयक २०७९,पहलमान चाैधरीले पेश गर्नु भएको स्वास्थ्य तथा सरसफाइ विधेयक २०७५ काे संशोधन विधेयक २०७९ र गिता चाैधरीले पेश गर्नु भएको आर्थिक ऐन २०७९ संशोधन सम्बन्धि विधेयक २०७९ सर्वसम्मत रुपमा पारित भएकाे छ भने चम्फा भुसालले पेश गर्नु भएको सहकारी ऐन २०७५ काे संशोधन विधेयक २०७९,उमेश अधिकारीले पेश गर्नु भएको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७९,चन्द्र बहादुर गुरुङले पेश गर्नु भएको स्थानीय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७९,पार्वती सुवेदीले पेश गर्नु भएको तथ्यांक अभिलेख व्यवस्थापन विधेयक २०७९,शन्त बहादुर चाैधरीले पेश गर्नु भएको स्थानीय औधाेगिक व्यवसाय सम्बन्धि विधेयक २०७९,रिम बहादुर सुनारी मगरले पेश गर्नु भएको एफ .एम.रेडियो सञ्चालन विधेयक २०७९,सावित्रा चाैधरीले पेश गर्नु भएको सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धि विधेयक २०७९,ददि बहादुर बराल मगरले पेश गर्नु भएको आकस्मिक कार्य सञ्चालन विधेयक २०७९ र राेशन चाैधरी पेश गर्नु भएको बडघर प्रथा संरक्षण सम्बन्धि विधेयक २०७९ आगामी बैठकले निर्णय गर्ने गरि अध्यनकाे लागि समय दिईएकाे छ।
त्यस्तै बैठक पुनः आगामी माघ २९ गते विहान १० बजे बस्ने गरि स्थगित गरिएको गाउँपालिकाका प्रबक्ता पहलमान चाैधरीले जानकारी दिनु भएको छ।
