Sidha Patra सोमबार, माघ १६, २०७९

दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ स्थित ‘कर्री-जनकपुर टोल बिकाश सँस्था’को अध्यक्षमा टेकबहादुर पुन निर्बाचित भएका छन् ।

सोमबार कप्तानगञ्जमा भएको सँस्थाको पहिलो
अधिबेसनले पुनको अध्यक्षतामा ९ सदस्यिय नयाँ समिति चयन गरेको हो । उनलाई दोस्रो कार्यकालका लागि स्थानीयले पुन: अध्यक्ष पदमा सर्बसहमतीबाट चुनेका हुन् । यो भन्दा अघिपनि यस टोल बिकास सँस्थाको अध्यक्षमा उनिनै थिए ।

समग्र टोलको बिकाशका निम्ति अध्यक्ष भएर गरेका कामहरु नियाल्न पाएका स्थानीयले फेरि अध्यक्षमै चुनिएको बताए । गाउँको बिकाशका निम्ति अग्रस्थानमा रहेर गरेको कामको स्थानीयले प्रशंसा गरे । तसर्थपनि उनलाई नै अध्यक्षमा चुनिएको सँस्थाका सल्लाहकार खड्क बहादुर वलीले बताए ।

वडा सदस्य सुनमाली बिकले युवा नै आजको आबस्यक्ता रहेकोले सँस्थाको नेतृत्वमा युवा नै चुनिएको बताईन । कार्यक्रमका प्रमुख अतिथी समेत रहेकी बिकले गाउँको बिकाशका निम्ति यो समितिले प्रमुख भुमिका खेल्ने बिस्वास गर्दै नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिँईन ।

त्यस्तै सँस्थाको सचिबमा अम्मर बहादुर चौधरी, कोषाध्यक्षमा देउ कुमारी चौधरी,सदस्यहरुमा धनलाल घर्ती मगर,उर्मिला चौधरी,सपना बिक,तिलु कामी,खुमा बोहरा र खुसल राम चौधरी रहेका छन् । त्यस्तै किशोर कुमार घर्ती मगरको सँयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति गठन गरिएको छ । जसको सल्लाहकार सदस्यहरुमा मिना न्यौपाने र खड्क बहादुर वली रहेका छन् ।

लमही नगरपालिका वडा नम्बर ७ अन्तरगत पर्ने टोलबिकास सँस्था मध्य यस सँस्थाको कार्यक्षेत्र ठूलो छ । यस सँस्था अन्तरगत करिब ३ सय घरधुरी बसोबास गर्छन । कप्तानगञ्ज,कर्रिटोल,जजरगैयाँ टोल,ड्राईभर टोल र जनकपुर गाउँ यस सँस्थाका कार्यक्षेत्र हुन् ।

त्यस्तै अध्यक्षमा चुनिएका टेकबहादुर पुन पेशाले पत्रकार हुन् भने अहिले उनी यस सिधा-पत्र डटकम डिजिटल अनलाइन पत्रीकाको जिल्ला ब्यूरो पोस्टमा रहेर काम गरिरहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]