Sidha Patra शनिबार, आश्विन ०३, २०७७

आश्विन ३ गते,शनिबार-काठमाडौं । बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ जना महिला र ४ जना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया, ललितपुरमा ७६ र ६८ वर्षीया, काठमाडौंमा ७७ वर्षीया तथा मकवानपुरमा ३६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा ६० वर्षीय, काठमाडौंमा ७५ वर्षीय, रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट मृत्यु भएको छ।

बितेको २४ घण्टामा देशभर १ हजार २०४ जना कोरोना संक्रमित थपिएका छन् । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । यससँगै कोरोना संक्रमितको कुल संख्या ६२ हजार ७९७ पुगेको गौतमले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]