
Ggp
Unsku
Pbu
Sgr
Srbpu
Rgp
pku
Lnp
Rgp1

Ssm
Asm
Wsp
Pvg
Sbs
Rsb
Rgu
Vor
Bbbpu
Gst
Tsm
Hal
Ksm
Rgs
nsb
Bbu
Ggd
Rgu
Sls

sab
Rpp
Mks
Bml
Syp
Ptm
Jmb
Jmb
Gsb
Pls
Rmb
bbt
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ९ देवीकोटबाट अवैध साल काठ सहित ४ जना पक्राउ परेका छन् ।
त्यस्तै पक्राउ पर्नेहरूमा राप्ती गाउँपालिका वडा नं.९ बस्ने कुल्लु मियाका छोरा वर्ष २२ का सुल्तान मिया, सोही ठाउँ निवासी लोक बहादुर बरालको छोरा वर्ष २६ का जुद्द बहादुर बराल,लाल फुन्जा मगरका छोरा वर्ष ४४ का तिलबहादुर फुन्जा मगर,जिवलाल रोकाका छोरा वर्ष ३६ का टोपबहादुर रोका रहेका छन् ।
शनिवार दिउँसो करिव १२ बजेको समय राप्ती गाउँपालिका वडा नं.९ देबीकोट स्थित भद्राक्षी सामुदायिक वनको ओखले भन्ने स्थानमा अबैध रुपमा काठ कटानी भईरहेको भन्ने विषेश सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङबाट प्रहरी नायव निरीक्षक गोगन सिंहको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस्तै पक्राउ परेकाहरूको साथबाट २९.७६ क्यू.फिटको ११ थान चिरान साल काठ, र ७०.८९ क्यू.फिटको २ थान गोलिया काठ गरि कुल १ लाख बराबरको १००.६५ क्यू. फिट काठ बरामत गरेको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
त्यस्तै उक्त काठ सहित काठको बिड भएको बन्चरो २ थान, फलामको गल २ थान हाते आरा २ थान बरामत गरि डिभिजन बन कार्यालय दाङमा बुझाएको ईलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।
