टेकबहादुर पुन/जिल्ला ब्युरो बुधबार, माघ ०४, २०७९

दाङ । लमही नगरपालिका वडा नम्बर २ मा वडा स्तरिय थारु नाचगान तथा माघ मिलन कार्यक्रम सम्पन्न भएको छ ।

वडाको रनियापुरमा आयोजित कार्यक्रमलाई लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले उद्घाटन गरेका हुन । कार्यक्रममा प्रमुख चौधरीले माघीको उपलक्ष्यमा शुभकामना ब्यक्त गर्दै थारुहरुको महान पर्व माघीले सबैमा आत्मियताको ढोका खुल्ने बताए । उनले एकअर्कामा खुसी साट्ने पर्बको संज्ञा दिदै स्वास्थ्यका निम्ति रमाईलो पनि आबस्यक रहेको बताए ।लमही नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नेपालु चौधरीको अध्यक्षता तथा नगरप्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । वडा सदस्य सुनिता चौधरीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष दामोदर पौडेल, ३ का मनोज चौधरी, ६ का श्याम नारायण चौधरी लगायतका बक्ताले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।कार्यक्रममा नृत्य प्रतियोगीताका लागि ५ नृत्य ग्रुपले सहभागी जनाएका थिए । जसमध्य सोनपुर नृत्य ग्रुप पहिलो भएको छ । दोस्रोमा रनियापुर नृत्य ग्रुप र घटुरिया डाँडाले त्यस्रो स्थान हाँसिल गरेको छ । बरुवा गाउँ र बनकट्टी नृत्य ग्रुपले सान्त्वना भएका छन । प्रतियोगितामा पहिलो हुनेले नगद १२ हजार, दोस्रोले १० हजार, त्यस्रोले ८ हजार र सान्त्वना हुने ग्रुपले क्रमश ५/५ हजार पुरस्कार प्रमाणपत्र पाएका छन ।

बरुवा गाउँ टोलबिकाश सँस्थाले आयोजना गरेको कार्यक्रमको सम्पुर्ण खर्च वडा नम्बर २ को कार्यालयले गरेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]