
Lnp
pku
Ggp
Sgr
Unsku
Rgp1
Srbpu
Rgp
Pbu

Ksm
Hal
Sbs
Wsp
Rgs
Ssm
Bbu
Pvg
Rgu
Asm
Tsm
Ggd
nsb
Rgu
Bbbpu
Gst
Sls
Vor
Rsb

Rmb
Syp
sab
bbt
Jmb
Ptm
Bml
Jmb
Pls
Mks
Abd
Gsb
Rpp
दाङ । परम्परागत कृषि पेशालाई परिवर्तन गर्दै समय अनुकूल आधुनिक रुपमा संचालन गर्नसके कृषकहरुकाे जीवन स्तर परिवर्त हुने राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताउनु भएको छ ।
त्यस्तै अध्यक्ष विष्टले हरेक नागरिकले कृषि पेसालाई परिवर्तित युग संगै परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले कृषि पेसालाई आधुनिकिकरण गर्न नसक्दा नागरिकहरुले आफ्नो कृषि व्यवसायमा उल्लेख्य आम्दानी गर्न नसकेको बताउनुभयो ।
शुक्रबार राप्ती गाउँपालिकाकाे सहयोगमा तथा गाउँपालिका स्तरीय कृषक समूह समन्वय समितिको आयोजनामा कृषक समूहको लागि एक दिने समूह व्यवस्थापन गाेष्टिमा बाेल्दै अध्यक्ष विष्टले यस्तो बनाउनु भएको हो ।
कार्यक्रम राप्ती गाउँपालिका स्तरीय कृषक समूह समन्वय समितिका अध्यक्ष किरण भण्डारीको अध्यक्षता एवं गाउँपालिका अध्यक्ष प्रकाश विष्टको प्रमुख आतिथ्यता सम्पन्न भएको हाे।
पालिका भित्रका करिब ५५ वटा कृषक समूहका अध्यक्ष तथा प्रतिनिधि सहभागी भएको कार्यक्रमकाे प्रशिक्षक तथा राप्ती गाउँपालिकाका पशु विकास अधिकृत जिबराज पाैडेल र निर्मला गिरीले समूह व्यवस्थापन र कृषि सम्बन्धि विषयमा प्रशिक्षण दिनु भएको थियो ।
समन्वय समितिका काेषाध्यक्ष मालिका आचार्यकाे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमकाे संचालन समूहक सचिव भिमलाल चाैधरीले गर्नु भएको थियो ।
