
Rksr-7
ksbl-7
Pbu
Gsbg-3
Gsbr-6
Jsbg-7
Msbg-2
Jsbr-3
Csbg-7
Usbl-7


दाङ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ३ बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएको अध्यादेश रोक्न दलाल र साम्राज्यवादी षड्यन्त्र विरुद्ध देशव्यापी संघर्ष अभियान जारी राखेको छ ।
नेकपा र सरकारबीच भएको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न संघर्षका कार्यक्रमहरु पौष १ गतेदेखि ५ गतेसम्म रहेको छ। १ गतेबाट सुरु गरिएको संघर्षका कार्यक्रमहरु अन्तर्गत आज लमही स्थित ठुलो भवन अगाडिबाट लमही पूर्वराजमार्ग हुँदै पार्टीका नेता तथा कार्यकर्ताहरुले मशाल जुलुस सहित कोण सभा प्रदर्शन गरेका हुन् ।
मशाल जुलुस पश्चात् कोण सभालाई सम्बोधन गर्दै लमही नगर कमिटी इन्चार्ज कमरेड उज्ज्वलले सरकारले तत्काल तीन बुँदे कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । उनले तीन बुँदे सहमति कार्यान्वयनमा षड्यन्त्र भैरहेको आरोप पनि लगाएका छन् । त्यस्तै ३ बुँदे सहमति कार्यान्वयन नहुँदासम्म पार्टीले चुप नबस्ने उदघोष समेत गरेका छन्।
मसाल जुलुसका सहभागीले सरकार विरोधी नाराबाजी गर्दै मसाल बालेका थिए । मसाल जुलुस प्रदर्शनमा ३ बुँदे सहमति कार्यान्वयन गर , साम्राज्यवादी षड्यन्त्र विरुद्ध देशव्यापी संघर्ष, आस्थाका बन्दी रिहाई गर, राष्ट्रघाति एमसिसि खारेजी गर, एकीकृत जनक्रान्ति जारि छ,जस्ता नारा लगाएका थिए।
लमही नगरकमिटी इन्चार्ज कमरेड उज्ज्वलको नेतृत्वमा भएको मशाल जुलुस प्रदर्शन कार्यक्रमकाे सहजिकरण भने नेकपा दाङ जिल्ला कमिटी सदस्य हरि यादवले गरेका थिए।
