
Pes
cjs
Sgr
Djs
Unsku
Rgp1
Pbu
pku
Lnp
sbs
Ggp
Gfs
Rgp
Srbpu

Tsm
Ssm
Gst
Sbs
Rgs
Ksm
Asm
Wsp
Sls
Bbbpu
Rsb
nsb
Pvg
Ggd
Rgu
Vor
Rgu
Bbu
Hal

Pls
sab
Jmb
Mks
Ptm
bbt
Rmb
Bml
Abd
Syp
Jmb
Gsb
Rpp
दाङ । राजपुर गाउँपालिकामा एक दिने निःशुल्क स्वास्थ्य सम्बन्धी वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजपुरकाे आयोजना र मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगद्वारा राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा स्थित दिपज्योति प्राथमिक विद्यालयको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो।
शनिबार बिहान ७ बजेदेखि सुरु भएको उक्त एकदिने निःशुल्क स्वास्थ्य शिविरद्वारा ९ सय ७४ जनाको उपचार भएको छ । जसमा ६ सय ६ महिला र ३ सय ६८ जना पुरुषलाई स्वास्थ्य परीक्षण गरिएको तथा तथा नि:शुल्क औषधी वितरण गरिएको आयोजकले जानकारी दिएको छ ।
शिविरमा नसा तथा हाड जोर्नी विषेशज्ञ डा. मंगल प्रसाद हिराचन, नाक, कान, घाँटी विषेशज्ञ डा. दिबिट अधिकारी स्त्री तथा प्रसुती रोग विषेशज्ञ डा. सुसानी बस्नेत,जनरल फिजिसयन डा. राजेन्द्र ढुंगाना,डा.प्रसन्न बोहरा,डा.राजु काफ्ले,डा.दिनिश कुमार,सुनिला श्रेष्ठ,कृष्ण तामाङ,रन्जित गिरी लगायत दर्जनौंको विशेषज्ञ प्राविधिक टोलिद्वारा परामर्श सेवा सञ्चालन भएको हो ।
शिविरमा सहभागी राजपुर गाउँपालिका जंग्रहवामा बस्ने रामबहादुर हरिजन लगायतकाले आफ्नै गाउँ घरमा नि:शुल्क स्वस्थ्य शिविर कार्यक्रमद्वारा नि:शुल्कमा उपचार र औषधिसंगै विषेशज्ञ डाक्टरबाट परामर्श पाउँदा धेरै खुसी लागेको बताउनु भयो।
शिविरबाट राजपुरबासीहरु अत्यधिक फाइदा उठाएकोमा खुशी व्यक्त गर्दै कतिपय कमीकमजोरी भए पनि धैर्यतापूर्वक उपचार गरेकोमा धन्यवाद दिएका छन्। छिमेक लघुवित्त वित्तीय संस्थाले पनि कार्यक्रममा प्राविधिक सहयोगीहरुको प्रशंसा गर्दै आगामी दिनमासमेत यसप्रकारको शिविर सञ्चालन गरी सर्वसाधारण नागरिकलाई सेवा प्रदान गर्ने अपेक्षा राखेको बताइएको छ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका केन्द्रीय कार्यकारी अधिकृत शोलाराज शर्मा जोशीको अध्यक्षता तथा राजपुर गाउँपालिकाका उपाध्यक्ष धनपतिदेवी यादवको प्रमुख आतिथ्यता र वडा नम्बर ५ का वडा अध्यक्ष टंकबहादुर विष्टको विशेष अतिथिमा सम्पन्न भएको स्वास्थ्य शिविर कार्यक्रममा
प्रमुख अतिथि यादवले स्वास्थ्य मान्छेको अति अभिन्न पक्ष भएको र आफ्नो शरीरलाई विभिन्न रोगलाग्नबाट जोगाउन सबै सचेत हुनु पर्ने बताउनु भएको छ । यादवले उक्त शिविरबाट पालिका भित्रका सयौं मानिसहरुले सेवा लिने भन्दै प्राविधिक सहयोग तथा आयोजक संस्थालाई विशेष धन्यवाद दिनु भएको थियो।
त्यस्तै विशेष अतिथि विष्टले शिविरबाट राजपुरका
गरिब,निमुखा उपचार गर्न नसक्ने निम्न वर्गलाई टेवा पुग्ने बताउनु भयो । विभिन्न लघुवित्त वित्तीय संस्थाले आर्थिक कारोबार मात्र गर्ने र पछिल्लो समय गाउँ घरमा छुट्टै आतंक मच्चाउन खोजेको भएपनि यस छिमेक लघुवित्त वित्तीय संस्थाले सामाजिक कार्यमा विभिन्न नि:शुल्क कार्य गर्दै आएकोमा आफू खुशी भएको बताउनु भयो ।
यसैगरी उक्त स्वास्थ्य शिविर कार्यक्रममा संस्थाका केन्द्रीय कार्यकारी अधिकृत शोलाराज शर्मा जोशीले हाल नेपाल भरको ६९ वटा जिल्लामा १९५ वटा शाखाहरु विस्तार भएर सेवा प्रदान गर्दै आएको अब यस पुष महिना भित्र नै अरु दुई वटा जिल्लामा शाखा विस्तार गर्ने जानकारी दिनु भयो ।
छिमेक लघुवित्त वित्तीय संस्थाले निरन्तर २० वर्षदेखि अनावरण रुपमा शाखाहरु विस्तार गर्दै समुहमा कर्जा उपलब्ध गराउने र बचत गराउने दुबै कार्यलाई निरन्तरताका साथ अघि बढाउदै आएको जोशीले बताउनु भयो । त्यस्तै संस्थाद्वारा कर्जा र बचत मात्र गर्ने कार्य नगरि विभिन्न प्रशिक्षणको माध्यमद्वारा बचत कसरी गर्ने,बचतका साथ व्यवसायी कसरी गर्ने भन्ने विषयमा जनचेतनामूलक तालिम प्रदान गरिरहेको अधिकृत जोशीले बताउनु जानकारी दिनु भयो ।
नि:शुल्क स्वास्थ्य शिविर उद्घाटन गर्न राजपुरको जंग्रहवामा पुग्नु भएका जोशीले आफ्नो संस्थामा ४ लाख २५ हजार सदस्यहरु आबद्ध रहेको र २ लाख ६३ हजारले आर्थिक कारोबार तथा ४ लाख २५ हजारले नियमित बचत गरिरहेको जानकारी दिनु भयो । त्यस्तै संस्थाले अहिले कुल ३४ अर्ब बढी लगानी गरेको छ भने २८ अर्ब बचत गराएको केन्द्रीय कार्यकारी अधिकृत जोशीले बताउनु भयो ।
यस्तै संस्थाले कोरोनाको समयमा ३०/३५ वटा हस्पिटलमा स्वास्थ्य सामग्री वितरण गर्नुका साथै २५/३० वटा विद्यालयमा खानेपानीको ट्याङ्की,शौचालय निर्माण गरिदिएको र देश भर ६/७ ठाउँ ठुला ठुला नि:शुल्क स्वास्थ्य शिविर संचालन गरिसकेको जोशीले बताउनु भयो ।
