
Lnp
Ses
cjs
Pes
Djs
Rgp
Ggp
Sgr
Srbpu
pku
Pbu
Gfs
Rgp1
Unsku

Rsb
Ssm
Rgu
Pvg
nsb
Ggd
Sls
Vor
Tsm
Rgu
Rgs
Sbs
Wsp
Bbu
Bbbpu
Ksm
Gst
Hal
Asm

Rpp
Pls
Syp
Rmb
bbt
Jmb
Abd
Jmb
sab
Mks
Gsb
Ptm
Bml
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ मा अबस्थित सम्राट सिमेन्ट कम्पनीमा काम गर्ने स्थानीय महिला कामदार आन्दोलित भएका छन् ।
आफुहरुले नियमित काम गर्न पाउनु पर्ने माग गर्दै महिला कामदारहरुले आज बिहानैदेखि लमही बनगइ सड्क अबरुद्ध गरेका छन् । स्थानीयलाई काममा नलगाइ बाहिरबाट मान्छे ल्याएर राखेको र एकदिन काममा लगाउने र अर्को दिन काम बिहिन राख्ने गरेको उक्त कम्पनीमा काम गर्दै आउनु भएका स्थानीय महिला कामदार मिना रानाले बताए ।
त्यस्तै आफूहरुले बिगत केहि वर्षदेखि नियमित काम गर्दै आएको तर अहिले कम्पनीले बाहिरबाट कामदार राखेर बिगतमा स्थानीयसंग भएको सहमती कार्यनोयन नगरेको रानाले बताए । करिब ३५ जना कामदारलाई अहिले कामबाट निकालेको आन्दोलित महिलाहरुले बताएका छन् । आफूहरुको माग पूरा नभए कडा रुपमा जाने र आन्दोलनका थप कार्यक्रमहरु गर्ने आन्दोलनमा उत्रिएका महिला कामदारहरुले बताएका छन् ।

