Sidha Patra शनिबार, पुष ०२, २०७९

कपिलवस्तु । चीनले मुस्लिम समुदायकाे स्वतन्त्रतामाथि बाराम्बार गरिरहेका प्रहर विरुद्ध नेपाल सरकारले पनि युएनमा आवाज उठाउनुपर्ने मुस्लिम नेता अकरम पठानले बताउनुभएकाे छ ।

जनता समाजबादी पार्टी लुम्बिनीका प्रवक्तासमेत रहनुभएका नेता अकरम पठानले चिनियाँ दमन विरुद्ध प्रक्रिया दिदै नेपाल र भारतमा बसाेबास गर्ने मुस्लिम समुदाय अधिक स्वतन्त्र एवं सुरक्षित महसुस गरिरहेकाे बताउनुभयाे । भारतमा लगभग बीस कराेड मुस्लिम धर्मावलम्बी छन त्यस्तै नेपालमा पनि कुल जनसंख्याकाे चार प्रतिशत छन् ।

लुम्बिनी प्रदेशमा धेरै संख्यामा मुस्लिम समुदायका नेपाली स्वतन्त्रतापुर्वक बसाेबास गरिरहेका छन् । तिनका हकहितका लागि मुश्लिम आयाेग छ जुन सक्रियताका साथ काम गरिरहेकाे छ तर चीनमा बर्षाैंदेखि दासत्वका जीवन व्यातित गरिरहेका उईगुर मुस्लिमकाे हकहितका लागि कुनै अन्तर्राष्ट्रिय संस्थाले आवाज उठाउन नसकेकाेले उनीहरु अहिलेपनि दमन खेपिरहेका छन् ।

त्यस्तै प्रवक्ता पठानले चिनियाँ शासकहरुले सिजियाङ्ग प्रान्तका उईगुर मुस्लिमलाई बन्धक बनाएर काममा लगाउने र दास जस्तै राख्ने गरेकाले मुस्लिम आयाेग तथा सरकार दुवैले अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउनुपर्ने बताए । कपिलवस्तु टाइम्स डटकमबाट ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]