सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शनिबार, मंसिर २४, २०७९

दाङ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआइजी नलप्रसाद उपाध्यायले भारतसंग जोडिएको सीमा नाकाको आवागमनलाई सहज बनाउन लुम्बिनी प्रदेशका जिल्ला मातहतका प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

कोरोना सङ्क्रमणका कारण २ वर्ष अघिदेखि बन्द भएको सीमा नाका खुलेका कारण स्वास्थ्य मापदण्डसहितको आवागमनलाई सहज बनाउन डिआईजीले निर्देशन दिएका हुन् ।

पत्रकारहरुसंगको कुराकानीमा बोल्दै डिआइजी उपाध्यायले चेकजाँचका नाउँमा नागरिकलाई अनावश्यक दुःख नदिन पनि निर्देशन दिए । भारतबाट नेपाल आउने नागरिकहरुको ध्यान दिँदै शान्ति सुरक्षाको प्रत्या भूतिसहित सहज आवागमनको व्यवस्था मिलाउन डिआईजी उपाध्यायले निर्देशन दिए ।

नागरिकहरुले प्रहरीसँग धेरै अपेक्षा राखेको बताउँदै डिआइजीले प्रहरीको व्यवहारमा अझ सुधारको खाँचो रहेको औँलाए । कानुन बमोजिमका व्यवसायको सञ्चालनमा सहज बनाउँदै नाकाबाट हुने अवैध तस्करी कार्यलाई निरूत्साहित गर्न प्रहरीले कुनै कसर बाँकी नराख्न पनि सीमा नाकाका प्रहरी इन्चार्ज हरुलाई निर्देशन दिएका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]