
Srbpu
Ggp
Rgp1
Rgp
Sgr
Lnp
Unsku
pku
Pbu

Tsm
Rgu
Vor
Ksm
Rsb
Hal
nsb
Sbs
Bbbpu
Sls
Ssm
Ggd
Pvg
Gst
Rgu
Asm
Rgs
Wsp
Bbu

Jmb
Rpp
Mks
Syp
Rmb
Jmb
Gsb
Abd
sab
bbt
Pls
Ptm
Bml
काठमाडौँ । चुनावी सफलता हात पारी मन्त्रालय फर्के लगत्तै सहरी विकास मन्त्री मेटमणि चौधरीले मन्त्रालयका काममा आफ्नो सक्रियता बढाएका छन् । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले बागमती नदी,सहायक नदी तथा उप सहायक नदीहरुको कोरिडोर खाली गर्ने सन्दर्भमा सुकुम्बासी व्यवस्थापनको समस्या सडकसम्म पुगेपछि मन्त्री चौधरीले सुकुम्बासीका मुद्दा सदाका लागि समाधान गर्नेगरि आफु सक्रिय भएको बताएका छन् ।
शुक्रबार विहानै शहरी विकास तथा भवन निर्माण विभागले सुकुम्बासी राख्न बनाएको इचंगुनारायणका भवन निरिक्षण गरे लगत्तै मन्त्री चौधरीले शुक्रबारै ११ बजे मन्त्रालय मातहतका प्राधिकरण, विभाग र विभिन्न समितिका उच्च पदस्थ कर्मचारीहरुको बैठक राखेका थिए । असली सुकुम्बासीको पहिचान,तीनका जिविकोपार्जनका उपाय लगायतका समस्या समाधान गर्नेमा समेत ध्यान दिन मन्त्री चौधरीले निर्देशन दिएका थिए ।
त्यस्तै बैठकले आफ्नो कार्यक्षेत्र भित्र पर्ने कार्यलाई सरोकारवाला सबै निकायले प्राथमिकताका साथ तत्काल कारबाही अगाडि बढाउने, सुकुम्बासी राख्न बनाइएका संरचनालाई मर्मत सम्भार गर्नुपर्ने भए तत्काल बस्न योग्य बनाउने,अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले आफ्ना कार्य अगाडि बढाउन सम्बन्धित पक्षसंग समन्वय गर्ने लगायतका निर्णय गर्नुका साथै नदी किनारमा बसिरहेका अव्यवस्थित बसोबासीका सन्दर्भमा अध्ययन गरि प्रतिवेदन पेश गर्न शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक प्रकिर्ण तुलाधरको संयोजकत्वमा समिति गठन समेत गरेको छ । समितिको सदस्यमा काठमाडौँ उपत्यका विकास प्राधिकरणका सि.डि.इ. जगदिश लामिछाने, काठमाडौं महानगरपालिकाका प्रतिनिधि, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका इन्जिनियर कमल अर्याल र मन्त्रालयका उपसचिव जीवनराज सेढाईं रहेका छन् ।
