भानु जोशी/लमही शनिबार, मंसिर १०, २०७९

दाङ । नेकपा एमाले निर्वाचन परिचालन निर्देशक समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका सन्दर्भमा सबैलाई धन्यवाद ज्ञापन गरेकाे छ ।

आवधिक निर्वाचन लाेकन्त्रकाे आधार स्तम्भ भएको भन्दै प्राप्त भएको नतिजालाई सहर्ष स्विकार गरेर जनता माझ रहने प्रतिबद्धता व्यक्त गरिएको छ । दाङ क्षेत्र नम्बर १ निर्देशक समितिका संयाेजक रेवतीरमण शर्माले मतदाता,पार्टीका सबै कमिटीमा रहनु भएका नेता-कार्यकर्ता,निर्वाचन सम्पन्न गराउन खट्ने निर्वाचन अधिकृत लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारी,स्थानीय प्रशासन,सुरक्षाकर्मी,सञ्चारकर्मी लगायत सबैमा धन्यवाद ज्ञापन गर्नुभयाे ।लमहीमा पत्रकार सम्मेलन गरेर प्रतिनिधि सभा सदस्य उम्मेदवार शान्ता चाैधरी,प्रदेश सभा सदस्य उम्मेदवार गंगाराम भट्टराई, प्रदेश सभा सदस्य उम्मेदवार कुलबहादुर केसीले निर्वाचनमा पराजय भाेगेपनि जनताबाट अपार माया पाएकाे भन्दै सधैं जनताकाे सु:ख, दु:खमा संगै रहने प्रतिबद्धता व्यक्त गर्नुभयाे । कार्यक्रमकाे सहजिकर नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य जगतप्रसाद पाेख्रेलले गर्नु भएको थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]