
Lnp
Rgp
Ggp
Unsku
Sgr
pku
Srbpu
Pbu
Rgp1

Ssm
nsb
Wsp
Rgu
Ggd
Bbu
Bbbpu
Gst
Vor
Tsm
Sls
Hal
Pvg
Ksm
Rgs
Rgu
Asm
Sbs
Rsb

sab
Jmb
Bml
Syp
Rmb
bbt
Gsb
Ptm
Jmb
Mks
Abd
Pls
Rpp
काठमाडौं । आज मध्यरातिदेखि निर्वाचनको स्थिर समय सुरु हुँदैछ। निर्वाचन आयोगले दलहरूलाई प्रचारप्रसारको लागि दिएको १७ दिनको समय सकिएसँगै स्थिर समय सुरु हुने हो। ४ मंसिरमा हुने मतदानको ४८ घण्टाको अवधिमा दल र उम्दवारले प्रचारसचार गर्न पाउँदैनन्।
त्यस्तै निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन।मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ।सामाजिक सञ्जाल,अनलाइन,छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश,सूचना वा प्रचारप्रसार सामग्री पोष्ट वा शेयर गर्न वा गराउनु हुँदैन।निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउण्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन।
मतदान कार्य प्रारम्भ हुनुभन्दा तीन घण्टा अघिदेखि मतदान कार्य समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्याउने कार्य गर्नु हुँदैन।बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोज भतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्जत वा होहल्ला गर्न वा गराउन हुँदैन।
यस्तै मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउनु हुँदैन।राजनीतिक दल तथा उम्मेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनु पर्छ।
