
cjs
Unsku
Ses
Djs
Rgp1
Pes
Srbpu
Lnp
Rgp
Pbu
pku
Sgr
Ggp
Gfs

Rgu
nsb
Vor
Rgs
Asm
Pvg
Wsp
Ggd
Hal
Gst
Bbbpu
Bbu
Ssm
Ksm
Tsm
Rsb
Sls
Sbs
Rgu

Mks
Ptm
Rpp
sab
Jmb
Bml
bbt
Gsb
Jmb
Syp
Abd
Rmb
Pls
भोजपुर । भोजपुरको तिवारी भञ्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभा नजिकै बम विस्फोट भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहभागी हुने भनिएको उक्त सभास्थल नजिकै बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
त्यस्तै घटनामा सुमन श्रेष्ठ नाम गरेका एक व्यक्ति घाइते भएको डीएसपी शरदकुमार थापाले जानकारी दिए जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक नितेशकुमार सिंहका अनुसार उक्त स्थल पौवादुङ्मा गाउँपालिकामा पर्छ । कार्यक्रममा सहभागी हुनका लागि दिउँसो ३ बजे दाहाल आउने कार्यक्रम तय भएको थियो ।
इन्सपेक्टर सिंहले इकान्तिपुरसित भने,’३ बजे हेलिकप्टर ल्यान्ड हुने भनिएको थियो, अहिलेसम्म आएको छैन । ‘भोजपुरका डीएसपी शरदकुमार थापा नेतृत्वको टोली घटनास्थलमा रहेको छ । त्यहाँको स्थिति बुझेर अनुसन्धान गरिरहेको प्रहीले जनाएको छ । बम कसले बिस्फोट गराएको भन्ने खुलिसकेको छैन।
