आलोक भावुक/गढवा शनिबार, कार्तिक २६, २०७९

दाङ । गढवा गाउँपालिका स्तरिय सहकारी सन्जालको तेस्रो बैठक शुक्रबार गढवामा सम्पन्न भएको छ। सहकारी संजालका अध्यक्ष बेगम गहतराजको अध्यक्षतामा शुक्रवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको सञ्जालले जनाएको छ ।

सम्पन्न बैठकले गढवा गाउँपालिका भित्र सञ्चालित सहकारीहरुलाइ सहकारी संञ्जालमा आबद्ध हुनका सहकारी संञ्जालको नियमसंगत आबद्ध गराउने निर्णय गरेको छ । सम्पन्न बैठकले गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालमा आबद्ध सहकारीहरुको स्तर उन्नती तथा सुशासन कायम गर्नका लागि सहकारीले विबिध बिषयमा तालिम सञ्चालन गर्नु पर्ने भएकाले स्थानीय स्तरमा (गढवा गाउँपालिका) मा नेतृत्व तथा जिम्मेवारी सम्पादन गरिरहेका सहकारीकर्मी बाट सूचना जारी भएको १५ दिनभित्र आफ्नो ब्यक्तिगत विवरण सहित गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जालको कार्यालयमा पेश गर्ने गराउने निर्णय गरेको सञ्जालका अध्यक्ष बेगम बहादुर गहतराजले जानकारी दिनु भयो ।

साथै बैठकले गढवा गाउँपालिका स्तरीय सहकारी संञ्जाल सञ्चालनका लागि विनियम तयार गरी सहकारीहरुका पदाधिकारीहरुको व्यापक उपस्थितिमा उक्त विनियम पास गरी सहकारी सञ्जाल सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष अध्यक्ष गहतराजले बताउनुभयो । बैठकमा सञ्जालकी उपाध्यक्ष कमला आचार्य, सचिव कैलाश चौधरी, सह-सचिव रेखा थापा, कोषाध्यक्ष अशोक केसी र सदस्यहरूमा पट्वारी यादव, दामोदर ढुङगाना, रिना चौधरी, कमल कुमारी कुमाल, सल्लाहकार समितिका संयोजक हेमराज अधिकारी, सदस्य राम प्रकाश यादव, त्यसैगरी लेखा समिति सदस्य रम्भुनाथ चौधरी, पालिका स्तरीय सहकारी सञ्जालका प्रेस सल्लाहकार उमानाथ यादव लगायतकाको उपस्थिति रहेको थियो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]