प्यूठान । कोरोना महामारीको बेला जनताको प्रतिनिधी भएर पनि जनताको पिरमर्कामा रमिता रहेको भन्दै माओवादी नेता भिम कालाथोकीले दुर्गा पौडेलमाथी आक्रोश पोखेका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनलाई भोट नदिने सार्वजनिक रुपमै आक्रोश पोखेका हुन् । ‘अघि पछि त हामी सुख दुःख गरेर दिनचर्या चलाएको हुन्छौ’,उनले लेखेका छन्,‘तर महाविपत्तीको बेला अनुहार समेत न देखाउनेलाई किन भोट् दिने ?’ । दुर्गासँग ०७४ को प्रतिस्पर्धी कांग्रेसका डाक्टर गोविन्दराज पोखरेलले पालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्षहरुलाई टेलिफोन गरेर के गर्नुपर्छ भन्नुहोला भनेर सहानुभूति दिएको कालाथोकीले लेखेका छन् ।
जनताको पिडामा साथ नदिने जनप्रतिनिधीलाई फेरी मत हाल्दा एकपटक पूनः विचार गर्न समेत उनले नागरिकहरुलाई अपिल गरेका छन् । कोरोनाले ज्यान गुमाउनेमा पहिलो व्यक्ति स्वर्गद्धारी नगरपालिकाकै हुँदा समेत प्रतिनिधीसभा सदस्य दुर्गा पौडेलले एक पटक समेत कसैलाई फोन गरेर सहानुभूति नदिएको कालाथोकीले बताएका छन् । कालाथोकी नेकपा हुँदा स्वर्गद्धारी नगरपालिका कमिटीको कार्यालय सदस्य थिए ।