
Pbu
Gfs
sbs
Rgp
Djs
Unsku
Rgp1
pku
Ggp
Lnp
Pes
cjs
Sgr
Srbpu

Wsp
Rgs
Sbs
Rgu
Ggd
Hal
Asm
Ssm
Bbu
Pvg
Ksm
Gst
Rsb
Bbbpu
nsb
Rgu
Sls
Vor
Tsm

Ptm
Rmb
Jmb
Mks
sab
Gsb
Jmb
Rpp
Pls
bbt
Abd
Syp
Bml
काठमाडौं । आजदेखि नेकपा माओवादी केन्द्रले काठमाडौंमा आयोजना गरेको खबरदारी सभाअघि खबरदारी जुलुस सुरु भएको छ ।
भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बामगती,उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिको अगुवाईमा जुलुस सुरु भएको हो । सुन्धाराबाट सुरु भएको जुलुस रत्नपार्क, बागबजारहुँदै प्रदर्शनीमार्गमा पुगेर खबरदारीसभामा परिणत हुनेछ । सभालाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
त्यस्तै माओवादी केन्द्रले १० बुँदे एजेण्डासहित प्रदर्शन र खबरदारी सभा गर्दैछ । विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता,गैरजिम्मेवारीपन र योजना विहिनताका कारण बेपत्ताहरुको खोजी,राहत वितरण, घाइतेहरुको उपचार,अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनस्र्थापनाको कार्यान्वयन गराउन खबरदारीसभा आयोजना गरिएको माओवादी केन्द्रले जनाएको छ ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिबिधिलाई निष्तेज पार्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा जनदवाव श्रृष्टि गर्ने पनि माओवादी केन्द्रको एजेण्डा रहेको छ । सतहमा आएका ठूला भ्रष्टाचार काण्डका दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन,शिक्षा,स्वास्थ्य,रोजगारी र सामाजिक न्यायका मुद्दाप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउन तथा संविधान र लोकतन्त्रको रक्षा गर्न,मुलुकलाई दुई दलीय तानाशाहीमा लैजाने र अन्य राजनीतिक दलहरुलाई विभाजन गर्ने उद्देश्यसहित राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गर्ने षड्यन्त्रलाई असफल पार्न खबरदारी सभा गर्नुपरेको माओवादी केन्द्रले जनाएको छ ।
यस्तै नेपाल विद्युत प्राधिकरण लगायत सार्वजनिक संस्थाहरुमाथिको हस्तक्षेप तथा निजीकरणका नाममा गलत उद्देश्यले महत्वपूर्ण सार्वजनिक संस्थानको बिक्री तयारीविरुद्ध खबरदारी गर्न, विश्वविद्यालयसहित शिक्षण संस्थाहरु र कर्मचारीतन्त्रमा गरिएको चरण राजनीतिकरण र हस्तक्षेपको प्रतिवाद गर्न,विश्वविद्यालयसहित शैक्षिक संस्था र कर्मचारीतन्त्रमा गरिएको हस्तक्षेप अन्त्यको दबाब दिनुलाई खबरदारीसभाको एजेण्डा राखिएको माओवादी केन्द्रले जनाएको छ ।
त्यस्तै बढ्दो बजारभाउ र कालोबजारी नियन्त्रणका लागि दबाब दिन, सहकारी,मिटरब्याज र लघुवित्तपिडतहरुका समस्या समाधानका लागि आवाज बुलन्द गर्न र ठगीमा संलग्नलाई विना भेदभाव कारवाहीका लागि दबाब दिने तथा राष्ट्रिय सार्वभौमिकता,भौगोलिक अखण्डता,स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्धनलाई पनि माओवादी केन्द्रले खबरदारी सभाको एजेण्डाको रुपमा अघि सारेको छ ।
