
Rgp1
Sgr
Pbu
Srbpu
pku
Unsku
Ggp
Rgp
Lnp

Gst
Asm
Sls
Hal
Wsp
Vor
Ssm
Rgu
Rgs
Rsb
Bbu
Ksm
Pvg
Sbs
nsb
Tsm
Ggd
Bbbpu
Rgu

Ptm
bbt
Mks
Abd
sab
Rpp
Jmb
Jmb
Gsb
Bml
Syp
Pls
Rmb
दाङ । अन्धोपन निवरण गर्न दाङ जिल्लाका दश वटै स्थानीय तह आँखा स्वास्थ्य कार्यक्रम सञ्चालनको लागी साझेदारी गर्न तयार भएका छन् ।
नेपाल नेत्रज्योती संघ आँखा अस्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तरगत जिल्ला स्तरीय परियोजना सल्लाहकार बैठकमा सहभागी स्थानीय तहका प्रमुख तथा उपप्रमुखले उज्यालो कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा सम्पन्न बैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का,घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरी,लमही नगरपालिकाका प्रमुख जोगराज चौधरी,गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल, बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन, दंशिगरण गाउँपालिकाका अध्यक्ष सम्भु केसी, बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर केसी, राप्ती गाउँपालिकाका उपाध्यक्ष कमलापती चौधरी, राजपुर गाउँपालिकाका अध्यक्ष धनपती यादव, शान्तीनगर गाउँपालिकाका उपाध्यक्ष प्रेमा बुढाथोकीले आँखा उपचार सम्वन्धि कार्यक्रममा साझेदारी गर्न तयार रहेको बताउनु भएको छ ।
कार्यक्रममा नेपाल नेत्रज्योती संघका उपाध्यक्ष रेशमबहादुर खड्काले स्वागत र प्रमुख प्रशासक समशेर थापाले बिषय प्रवेश गराउनु भएको थियो । दाङ जिल्लाका सबैजसो स्थानीय तहमा उज्यालो कार्यक्रम लागु भएको छ । विगत दुई बर्ष देखी यो अभियानले निरन्तरता पाएको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ ले आँखा स्वास्थ्य सेवालाइ एकिकृत रुपमा सञ्चालन गर्ने स्पष्ट पारेको छ ।
सोही नीतिमा आधारित भएर दाङ जिल्लाका दश वटै स्थानीय तहमा उज्यालो कार्यक्रम सञ्चालन गरिएको अस्पतालका प्रमुख प्रशासक समशेर थापाले जानकारी दिनुभयो ।‘यो कार्यक्रम सुरुमा तुलसीपुर उपमानगरपालिकाबाट लागु भएको वताउदै । अहिले जिल्लाका सबैजसो पालिकामा चलिरहेको ’थापाले वताउनु भयो। थापाले,‘वडा स्तरमा निःशुल्क आँखा उपचार शिविर चल्दै आएको र मोतियाविन्दुको निःशुल्क सल्यक्रिया पनि हुदै आएको समेत वताउनु भयो। ।’ दाङ जिल्लामा एक हजार ४ सय बढीमा विभिन्न प्रकारको अन्धोपन रहेको र्याव सर्भेले देखाएको थियो । यो सर्भे सन् २०१६ देखी सन २०१९ को विचमा गरिएको थियो । सर्भेको नतीजाको आधारमा उज्यालो कार्यक्रम लागु गरिएको हो ।
स्थानीय सरकारको साझेदारीमा भौतिक पूर्वाधारमा समेत लगानी जुटेको छ । तुलसीपुर उपमहानगरपालिकाले हाल सम्म करिब दुई करोड बजेट लगानी गरेको छ भने, हाल लमही नगरपालिकाले ५० लाख बजेट विनियोजन गरेको छ । गढवाले १५ लाख र राजपुर गाउँपालिकाले १५ लाख बजेट विनियोजन गरेका छन् । ३५ बर्ष देखी अन्धोपन निवारणको लागी आँखा स्वास्थ्य कार्यक्रम चलिरहेको दाङ जिल्लाका दश वटै स्थानीय तहमा एकिकृत आँखा उपचार केन्द्र स्थापनाको पहल सुरु भएको छ ।
त्यस्तै हाल सम्म जिल्लामा दुई वटा आँखा अस्पताल र एउटा आँखा उपचार केन्द्र सञ्चालनमा छन् । तुलसीपुरमा राप्ती आँखा अस्पताल र लमहीमा लमही आँखा अस्पताल छ । गढवा गाउँपालिका–८ कोइलावासमा आँखा उपचार केन्द्र छ । अव घोराही उपमानगरपालिका, राप्ती गाउँपालिकाको भालुबाङ्ग, गढवा र राजपुरमा आँखा उपचार केन्द्र विस्तारको योजना रहेको छ । विकट तथा दुरदराजको क्षेत्रमा आँखा उपचार सेवा पुर्याउने योजना रहेको नेपाल नेत्रज्योती संघका केन्द्रिय सदस्य तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण गिरीले जानकारी दिनुभयो ।‘ कार्यक्रमको सहजीकरण सूचना अधिकारी बालाराम खड्काले गर्नु भएको थियो ।
