Sidha Patra शनिबार, कार्तिक १९, २०७९

दाङ । दाङ क्षेत्र नम्बर १ का वामलोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले भारी अन्तरले गठबन्धनले चुनाव जित्ने बताउनु भएको छ ।

शुक्रबार देउखुरीमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले गठबन्धनले चुनाव जित्ने आधार पेश गर्दै भन्नुभयो, ‘गठबन्धनले प्रगतिशील एजेण्डा बोकेको छ । जनताले ठुलो त्याग र बलिदानी गरि निर्माण गरेको संविधानको रक्षा गठबन्धनको पहिलो शर्त हो ।

नयाँ संविधान मार्फत् प्राप्त भएको संघीय गणतन्त्र, समावेसी प्रणाली,कानुनी राज्यको पक्षमा गठबन्धन उभिएको छ । संविधानको रक्षा र यसको कार्यान्वयन मार्फत् विकास निर्माणको अगुवाइ गर्ने हाम्रो प्रतिवद्धता छ । जनताको चाहना पनि त्यही छ । त्यसमाथि पाँच दल एक ढिक्का भएका छौँ ।

त्यस्तै उता प्रतिगामी गठबन्धनको अगुवाई एमालेले गरेको छ । यीनै कारणले गर्दा हाम्रो गठबन्धनले भारी अन्तरले चुनाव जित्दैछ ।’जनताले संविधान विरोधी तत्वलाई राम्रोसँग चिनिसकेको बताउँदै मन्त्री चौधरीले गठबन्धनलाई जनताले जिताउँने निश्चित रहेकाले पाँच वटै राजनीतिक दल पनि विकास र सम्बृद्धिका लागि जवाफदेही हुनुपर्ने बताउनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]