
Rgp
Unsku
Pbu
pku
Lnp
Rgp1
Srbpu
Ggp
Sgr

Bbbpu
Rgu
Rgs
Gst
Rsb
Ksm
Ggd
Hal
Wsp
nsb
Rgu
Bbu
Asm
Pvg
Sls
Tsm
Ssm
Vor
Sbs

Ptm
sab
Jmb
bbt
Mks
Syp
Abd
Gsb
Jmb
Rmb
Pls
Rpp
Bml
कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमंत्री कुल प्रसाद केसी आज कपिलवस्तु जिल्लाको कृष्णनगरमा रहेको आयसा गर्ल्स कालेज लगायत अन्य मदरसा हरूको अनुगमन गरेका छन् ।
मुख्यमंत्री केसी मदरसाको अवस्था,मदरसाको भौतिक अवस्था लगायत अन्य व्यवस्थापनका बारेमा अनुगमन गरेका छन् । अनुगमन क्रममा आएका केसीले लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली संग समेत उनकै निवासमा भेटघाट गरी मदरसाको अवस्थाको बारेमा जानकारी लिएका थिए ।
सोही क्रममा मुख्यमंत्री केसी लाई राष्ट्रीय मदरसा संघ उपाध्यक्ष शैख जैस मक्की,नेकपा माओवादी केन्द्र कृष्णनगर नगर कमिटी अध्यक्ष जाबेद आलम खा, जामिया सिराजुल उलुम अल्सलफीयाका सहायक प्रधानाध्यापक शैख अब्दुल रशिद मदनी,हेरा शैक्षिक तथा मानवीय सेवा समाजका सदस्य असरफ अली खान लगायतले मुख्यमंत्री को स्वागत तथा दोसल्ला ओढाई सम्मान प्रकट गरेका थिए ।
त्यस्तै मौलाना मशहूदले मदरसाको अवस्था,भौतिक पूर्वाधार,शिक्षक व्यवस्थापन,लगायत मदरसाको अन्य समस्याको बारेमा मुख्यमंत्री केसी को ध्यानाकर्षण गराएका थिए । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश समानुपातिक उमेदवार सबनम खातुन,तोफेल खान लगायत अन्यको समेत उपस्थित रहेको थियो ।
