Sidha Patra शुक्रबार, कार्तिक ११, २०७९

दाङ । नेपाली काङ्ग्रेसले आसन्न निर्वाचनका लागि तयार गरेको संकल्पपत्र (घोषणापत्र) शनिबार सार्वजनिक गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान १० बजे घोषणापत्र सार्वजनिक गरिने गरी समय तय भएको मस्यौदा तयारी समितिका सदस्य गेजा शर्मा वाग्लेले जानकारी दिनु भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा,महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरुको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने भएको छ । महामन्त्री शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरिएको थियो । घोषणापत्रलाई अर्थविद् स्वर्णिम वाग्ले नेतृत्वको मस्यौदा उपसमितिले तयार गरेको हो ।

काङ्ग्रेसको घोषणापत्रका लागि वाग्ले,योजना आयोगका पूर्वउपाध्यक्ष डा गोविन्द पोखरेल, राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले, युवा राजनीतिक विश्लेषक शंकर तिवारी, महामन्त्री थापाका राजनीतिक सल्लाहकार प्रताप पौडेललगायतले तयार गरेका छन् । यसअघि ७ कात्तिक सार्वजनिक गर्ने भनिएको उक्त घोषणापत्र कार्यक्रम स्थगित गरिएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]