दाङ । घोराही स्थितमा तीन वटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।
न्यू दाजुभाइ,दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ ।आगलागीबाट करडौंको क्षति भएको अनुमान गरिएको छ ।
गए राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो । नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका,तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । तिहार लक्ष्मीपूजामा बालिएकाे दियाेका कारण आगलागी भएकाे हुन सक्ने आशंका गरिएकाे छ ।