
Rgp1
pku
Ggp
Rgp
Sgr
Srbpu
Lnp
Unsku
Pbu

Asm
Ksm
Wsp
Sls
Bbbpu
Gst
Tsm
Bbu
nsb
Vor
Ggd
Rsb
Rgu
Pvg
Sbs
Rgs
Rgu
Hal
Ssm

sab
Mks
Pls
Bml
Jmb
Ptm
Jmb
Gsb
Abd
Rmb
bbt
Rpp
Syp
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा स्थित जनकल्याण प्राथमिक विद्यालयमा रहेको खानेपानी टंकीको मोटर चोरी भएको छ ।
राजपुर गाउँपालिकाद्वारा एक लाखा ५० हजार बराबरको लगानीमा जडान फिल्टर सहितको खानेपानी टंकीका लागि कुवामा राखिएको मोटर शनिबार राति चोरी भएको उक्त विद्यालयका प्रधानाध्यापक मोहन कुमार यादवले जानकारी दिनु भयो ।
प्रधानाध्यापक यादवका अनुसार खानेपानी ट्याङ्कीमा पानी भर्नको लागि प्रयोग गरिएको मोटर झिकेर मोटरलाई लगिएको छ । त्यस्तै उक्त मोटरलाई बाढिएको डोरी काटिएको छ भने मोटरको लागि जोडिएको पाइप र तार काटेर लगभग १५ हजार बराबरको क्षति पुर्याएको प्रअ यादवले जानकारी दिनु भएको छ ।
त्यस्तै प्रअ यादवले आफुले संका गरेको जति ५० जना व्यक्तिको नाम लेखेर आइतबार प्रहरीमा अनुसन्धानको लागि निवेदन दिएको बताउनु भएको छ । यस्तै प्रअ यादवले ५० जना मध्य ४/५ जना विशेष संकाको घेरा रहेको जानकारी दिनु भयो ।
हिजोआज दशै र तिहारको लागि विद्यालय बन्द भएको हुँदा आफुहरु विद्यालयमा आउन नसकेको र सो मोटर चोरी भएको खबर भैसहवाबाट स्थानीय युवा प्रकाश केसीले फोन गरेर जानकारी गराएपछि मात्र आफुले थाहा पाएर विद्यालयमा आएर हेर्दा मोटर चोरी भएको थाहा पाएको प्रअ यादवले जानकारी दिनु भयो ।
त्यस्तै उक्त विद्यालयको प्राङ्गणमा रहेकोे सौचालयको ढोकाको टिनका पल्लाहरुपनि तोडफोड गरेर क्षति पुर्याएको अबस्थामा रहेको छ ।
