Sidha Patra आइतबार, कार्तिक ०६, २०७९

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवा स्थित जनकल्याण प्राथमिक विद्यालयमा रहेको खानेपानी टंकीको मोटर चोरी भएको छ ।

राजपुर गाउँपालिकाद्वारा एक लाखा ५० हजार बराबरको लगानीमा जडान फिल्टर सहितको खानेपानी टंकीका लागि कुवामा राखिएको मोटर शनिबार राति चोरी भएको उक्त विद्यालयका प्रधानाध्यापक मोहन कुमार यादवले जानकारी दिनु भयो ।प्रधानाध्यापक यादवका अनुसार खानेपानी ट्याङ्कीमा पानी भर्नको लागि प्रयोग गरिएको मोटर झिकेर मोटरलाई लगिएको छ । त्यस्तै उक्त मोटरलाई बाढिएको डोरी काटिएको छ भने मोटरको लागि जोडिएको पाइप र तार काटेर लगभग १५ हजार बराबरको क्षति पुर्‍याएको प्रअ यादवले जानकारी दिनु भएको छ ।

त्यस्तै प्रअ यादवले आफुले संका गरेको जति ५० जना व्यक्तिको नाम लेखेर आइतबार प्रहरीमा अनुसन्धानको लागि निवेदन दिएको बताउनु भएको छ । यस्तै प्रअ यादवले ५० जना मध्य ४/५ जना विशेष संकाको घेरा रहेको जानकारी दिनु भयो ।

हिजोआज दशै र तिहारको लागि विद्यालय बन्द भएको हुँदा आफुहरु विद्यालयमा आउन नसकेको र सो मोटर चोरी भएको खबर भैसहवाबाट स्थानीय युवा प्रकाश केसीले फोन गरेर जानकारी गराएपछि मात्र आफुले थाहा पाएर विद्यालयमा आएर हेर्दा मोटर चोरी भएको थाहा पाएको प्रअ यादवले जानकारी दिनु भयो ।त्यस्तै उक्त विद्यालयको प्राङ्गणमा रहेकोे सौचालयको ढोकाको टिनका पल्लाहरुपनि तोडफोड गरेर क्षति पुर्‍याएको अबस्थामा रहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]