
Rks
Ppu
Ssb
Ksb
jsb
Csb
Gsb
Ksb
Fmb
Usb
Ksb
Bsn
Ssb
Nsb
Tgp
Rsb

Ssb
Gsb
Usb
Hl1
Tsb

ptl
Nps
Rgu
दाङ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काङ्ग्रेस पार्टीद्वारा गठित यूवा नेटवर्क प्रचारप्रसार केन्द्रीय उपसमितिको सदस्यमा नेपाली काङ्ग्रेसका केन्द्रीय युवा नेतृ दाङका गीता शर्मा नियुक्ति हुनु भएको छ ।
आगामी मंसिर ४ गते हुनगइरहेको निर्वाचनका लागि विशेष पाँच दलिय गठबन्धनका उम्मेदवारलाई बिजय गराउने उदेश्यका साथ गठन भएको उक्त उपससमितिले निर्वाचन अबधिभर प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने नव नियुक्त सदस्य शर्माले बताउनु भयो ।
त्यस्तै युवा नेतृ शर्माले आफुलाई पार्टीले विश्वास गरेर यति ठुलो जिम्मेवारी प्रदान गरेकोमा नेपाली काङ्ग्रेस पार्टीका सभापति शेरबहादुर देउवा,युवा नेटवर्क प्रचारप्रसार केन्द्रीय उपसमितिका संयोजक तथा नेपाली काङ्ग्रेस पार्टीका प्रबक्ता डाक्टर प्रकाश शरण महत,काङ्ग्रेस पार्टीका केन्द्रीय सदस्य उमेशजंग रायमाझी लगायत शिर्ष नेतालाई हार्दिक धन्यवाद दिनु भएको छ ।
यस्तै शर्माले सिधा-पत्र डटकमसंग टेलिफोन मार्फत कुराकानी गर्दै अब तिहार लगत्तै आफू गृह जिल्ला दाङ पुगेर पार्टीले दिएको जिम्मेवारलाई आत्मसात गरि गठवन्धनका उम्मेदवारलाई जिताउन तनमन लगाएर प्रचारप्रसारको कार्यमा खट्ने बताउनु भएको छ ।
