
Srbpu
Lnp
pku
Pbu
Sgr
Ggp
Unsku
Rgp1
Rgp

Rgu
Wsp
Ggd
Rgs
Sbs
nsb
Tsm
Bbbpu
Hal
Vor
Sls
Gst
Ssm
Rsb
Rgu
Bbu
Asm
Pvg
Ksm

sab
Rpp
Pls
Ptm
Mks
Abd
bbt
Jmb
Gsb
Syp
Rmb
Jmb
Bml
कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको कपिलवस्तुमा जारी नवौं महाधिवेशनले महासचिवमा पुनः नेत्र विक्रम चन्द विप्लवलाई चयन गरेको छ ।
विप्लवको नेतृत्वमा ८१ सदस्य पूर्ण केन्द्रीय समिति निर्वाचित गरेको हो । अधिवेशनले ८१ जनाको पूर्ण केन्द्रीय समितिमा ३ पछि थप्ने गरी ७८ जनालाई निर्वाचित गरेको छ भने ४५ जना वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित गरेको छ। यस्तै ४५ जना वैकल्पिक केन्द्रीय सदस्यहरुमा ४२ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् भने ३ जना पछि थपिने नेकपा स्रोतले बताएको छ । यस्तै महाधिवेशनले १३९ सदस्यीय केन्द्रीय प्रतिनिधि समिति पनि निर्वाचित गरेको छ ।
प्रतिनिधि समितिमा १३२ जना निर्वाचित गरिएको छ भने ७ जना पछि थपिने छ । नेकपाले केन्द्रीय समिति,वैकल्पिक केन्द्रीय समिति र केन्द्रीय प्रतिनिधि समितिसहित केन्द्रीय नेतृत्वमा ३ तहको संरचना निमार्ण गरेको छ । पूर्ण केन्द्रीय समिति, वैकल्पिक केन्द्रीय समिति र प्रतिनिधि समिति सहित २६५ जनाको समिति निर्वाचित गरिएको छ ।
त्यस्तै महाधिवेशनपछि बस्ने केन्द्रीय समितिको बैठकले अन्य पदाधिकारी र विभागहरु चयन गर्ने बुझिएको छ। ८ दिनसम्म चलेको महाधिवेशन आज बुधबार विहान ८ वजे समापन हुने जनपत्रकार संगठनका निर्वतमान केन्द्रीय अध्यक्ष तथा केन्द्रीय प्रचार विभाग सदस्य प्रकाश डुम्रेले जानकारी दिए ।
