
cjs
Lnp
Ggp
Djs
Sgr
Rgp
Srbpu
Rgp
Rmb
sbs
Rgp1
Pes
Unsku
Pbu
Gfs
Cps
Gis
Sds
pku

Gst
Wsp
Ssm
Rgu
Sls
Bbu
nsb
Rgu
Ksm
Sbs
Ggd
Rsb
Pvg
Asm
Bbbpu
Tsm
Hal
Vor
Rgs

Rmb
sab
Gsb
Abd
bbt
Ptm
Jmb
Bml
Syp
Jmb
Pls
Mks
Rpp
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा कार्यरत कर्मचारीले निलसागर सेवा आश्रमलाई खाद्यान्न तथा फलफूल प्रदान गरेर १७ औँ निजामती सेवा दिवस मनाएका छन् ।
गाउँपालिकाको वडा नम्बर ८ पिपरीमा रहेको सेवा आश्रममा ८ बोरा चामल,१ कार्टुन फ्रुटी र फलफुल प्रदान गरेर दिवस मनाएका हुन् । प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालको नेतृत्वमा कर्मचारीहरुको तर्फवाट सो सामाग्री संयुक्तरुपमा प्रदान गरिएको हो ।
नियमित कार्यालयमा हुदै आएको औपचारीक कार्यक्रमको आयोजना नगरि मानव सेवानै ठुलो कार्य हो भन्ने भावनाले आश्रममा खाद्यान्न सामाग्री र फलफुल प्रदान गरिएको अधिकृत रिजालले बताउनु भयो । आश्रमका अध्यक्ष प्रकाश विष्टले १७ औँ निजामती सेवा दिवसको अवसरमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद समेत प्रदान गर्नु भएको थियो ।
