
Pbu
Sgr
Rgp
Rgp1
pku
Ggp
Srbpu
Lnp
Unsku

Vor
Tsm
Sbs
nsb
Bbbpu
Hal
Bbu
Rgu
Rgu
Ssm
Pvg
Rsb
Gst
Sls
Ksm
Wsp
Asm
Ggd
Rgs

Syp
Ptm
Bml
Jmb
Gsb
Jmb
Mks
sab
Rpp
Pls
bbt
Abd
Rmb
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवार मनोनयनपत्र दर्ताको काम हुँदै छ । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले मनोनयनका लागि अन्तिम तयारी गरेका छन् ।
त्यस्तै आज बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले सोका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्धसहित सम्पूर्ण व्यवस्था मिलाइ सकेको जनाएको छ ।
यस्तै हिजो आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे । उनले मनोनयनपत्र दर्ता गर्दा नेपालको संविधान र विद्यमान कानुनको व्यवस्था र मर्मबमोजिम सबै वर्ग,लिङ्ग, जाति, क्षेत्र र समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुने गरी उम्मेदवारी मनोनयन गर्न सम्पूर्ण राजनीतिक दललाई आग्रह गरेका छन ।
