
Ksbus
Asbus
Ggp
Msbus
Lnp
Ggp
Ksbus
Rgp
Sdc

कपिलवस्तु । मेची-महाकाली बुहारी संयुक्त आवाज शाखा कपिलवस्तुले प्रथम वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । महिला तथा बालाबालिका हिंसा विरुद्धको हाम्रो अभियान मूल नारा बोकेको बुहारी संयुक्त आवाजले शुक्रबार(आज) दुःखी ,गरिब, असहाय, एकल महिला लगायतलाई यस्तो कोरोना महामारीको विषम परिस्थितीमा समस्यामा परेको भन्दै एउटा सानो सहयोगले केही राहत पुग्ने विश्वास गर्दै राहत वितरण गरी मनाएको हो ।
सो कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष गुणानिधी भुसालले सासु र बुहारीको सम्बन्धलाई मुखरित गर्दै घर परिवारका सम्पूर्ण सदस्यसँगको आवाजलाई यस बुहारी संयुक्त आवाजले उठान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले यो आवाजले महिलाका पीडा मात्रै नभएर बालबालिका,पुरुष लगायत समाजमा हुने हरेक हिंसाको विरुद्धमा आवाज उठाउन संस्थालाई अनुरोध गर्दै आफूले समेत हरेक क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य गीता भुसालले आज पनि समाजमा महिला,बालबालिका, सुरक्षित नभएको बताउँदै अब यस आवाजले जुनसुकै घटनाको विरुद्धमा कलम चलाउन सक्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा महिला अधिकारकर्मी दिना सुवेदी(कमाल)ले पीडामा परेको परिवारलाई सानो सहयोगले मुहारमा हाँसो ल्याउन सफल भएको बताउनुभयो । एक वर्षको समयमा यस संस्थाले देशका हरेक कुनाका पिडितहरुको बुलन्द आवाज सुन्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।
बुहारी संयुक्त आवाजले वार्षिक उत्सवको अवसरमा वाणगंगा नगरपालिकाको बैजलपुर र वडा नं ८ मा रहेका अति विपन्न, गरिव तथा एकल महिलाहरुलाई चामल, नुन, तेल, दाल, स्वाबिन, लगायत कोरोनाबाट बच्नको लागि मास्क, साबुन वितरण गरेको प्रेस सल्लाहकार भगवती न्यौपानेले बताउनुभएको छ । कार्यक्रममा जिल्ला संयोजक चन्द्रा अर्यालको अध्यक्षता,उपाध्यक्ष सुष्मा खाँणको स्वागत मन्तव्यमा भएको कार्यक्रमको संचालन सचिव अन्जु बन्जाडेले गर्नु भएको थियो ।
