
Sgr
Srbpu
Lnp
Rgp
Unsku
pku
Ggp
Pbu
Rgp1

Rsb
nsb
Bbbpu
Sbs
Wsp
Sls
Rgu
Rgu
Rgs
Vor
Ksm
Ssm
Hal
Bbu
Tsm
Asm
Gst
Pvg
Ggd

Jmb
Gsb
sab
Rmb
Rpp
Bml
Abd
Pls
Jmb
Syp
Mks
bbt
Ptm
दाङ । नेकपा माओवादी केन्द्रले उपाध्यक्ष कृष्णबहादुर महराको नाम समानुपातिकको बन्द सूचीबाट हटाएको छ ।
माओवादी केन्द्रले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा महराको नाम १ नम्बरमा थियो । नेता महराकै आग्रहमा समानुपातिक सूचीबाट उनको नाम हटाइएको माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले महराकै आग्रहमा नाम हटाइएको जानकारी दिए । ‘उहाँको नाम पहिले खस आर्यबाट १ नम्बरमा थियो । पछि उहाँले मलाई राख्न पर्दैन हटाइदिनुस् भन्नुभयो र उहाँको नाम हटाइयो,’ ढकालले अनलाइनखबरसँग भने ।
रोल्पा र दाङ क्षेत्र नं १ र २ मा प्रत्यक्षतर्फ पनि महराको नाम पहिलो नम्बरमै सिफारिस भएको थियो । तर उनलाई माओवादीले समानुपातिकको सूचीमा राखेको थियो । त्यसलगत्तै महराले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै, आफूले धेरै पटक संसदीय निर्वाचनमा जितिसकेकाले अब नयाँलाई अवसर दिनुपर्छ भनेर आफू समानुपातिकको सूचीमा रहन तयार रहेको बताएका थिए । महराले २०४८ सालसहित अहिलेसम्म भएका सबै निर्वाचन जितेका थिए । २०४८ र २०७० सालमा रोल्पा तथा २०७४ सालमा दाङबाट महरा निर्वाचित भएका थिए । उनी २०६३÷६४ को अन्तरिम संसदमा समेत थिए ।
यसैबीच महराकी छोरी कुश्मा महरा (प्रगती)को नाम भने प्रदेशसभा तर्फ समानुपातिकको सूचीमा छ । उनी युद्धकालदेखि नै कलाकारीता क्षेत्रमा सक्रिय थिइन् ।
