
Rgp
Srbpu
Pbu
Sgr
Ggp
Unsku
Lnp
pku
Rgp1

Pvg
Bbbpu
Sls
Rgs
Ggd
Tsm
Gst
Ksm
Ssm
Rsb
Asm
nsb
Hal
Vor
Bbu
Rgu
Wsp
Sbs
Rgu

Mks
sab
Abd
Gsb
Jmb
Pls
bbt
Rpp
Ptm
Jmb
Rmb
Bml
Syp
दाङ । मेरो पसलको दक्षिणतर्फ कुनामा सलिम मिटसप नामको भैसीको मासुबेच्ने पसल छ । पश्चिम उत्तरतर्फ थुप्रै पसलहरु छन् भने पुर्वतर्फ बस्ति बसेको छ ।
यो मासुपसल न गाउँपालिकामा दर्ता भएको छ न त आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर प्राप्त नै छ । वरीपरि गन्हाएर बस्नै सकिन्न ।सरसफाईको न्यूनतम मापदण्ड समेत पालना नगरेरै गढवा बजारको बिचमा सलिम मिट सप संचालनमा आएको छ । नियमन गर्ने निकायको छिटो ध्यान जानु पर्यो–स्थानीय मधु उपाध्यायले भन्नु भयो ।
गढवा उद्योग बाणिज्य संघलाई यो पसल हटाउन वा नियमन गर्न अनुरोध गरयौ । आज गाउँपालिकाका उपाध्यक्ष र इलाका प्रशासन कार्यालय लमहीको संयुक्त अनुगमन टोलिलाई पनि स्थानान्तरण गर्न अनुरोध गरेका छौं । छिटो भन्दा छिटो ब्यवस्थापन हुनु पर्यो–उक्त मासुपसल छेवैका स्थानीय बिरेन्द्र सिंह ठकूरीले भन्नुभयो । यसअघि गढवा उद्योग बाणिज्य संघको अनुगमन टोलिले पनि उक्त मासुपसल सरसफाईको मापदण्ड बमोजिम संचालन गर्न सुझाव दिएको थियो ।
त्यसो त गढवा बजार क्षेत्रको वरिपरि मात्रै कुल १९ वटा मासुपसलहरु सञ्चालनमा रहेका छन् । करिब ५÷७ वटा फ्रेसहाउस छोडेर अधिकांश मासुपसलहरु सरसफाईको मापदण्डमा छैनन् । गढवामा भैसिको मासु बेच्ने २ वटा, बंगुरको मासु बेच्ने ३ वटा,खसी र कुखुराको मासु बेच्ने २ वटा र ब्रोइलरको मात्र मासु बेच्ने १२ वटा मासुपसल सञ्चालनमा रहेका छन् ।
गढवामा मात्रै आकाश,शाही,थापा,न्यूथापा, जन्नत, सलमा, एकान्त,बर्ष शिसिर,नितिका,श्रेया,सुरज र तन्नु–अन्नु फे्रसहाउस,राप्ती तथा देउखुरी बंगुर फ्रेस हाउस,सलिम बफ मिट सप,अस्कर अलि बफ फ्रेस हाउस र खसी कुखुराका आयुम मिटसप तथा न्यूराप्ती फ्रेस हाउस सञ्चालनमा रहेको पाईएको छ । गढवजा बजारमा सञ्चालित मासुपसल ५÷७ वटा बाहेक अरु मापदण्ड बमोजिम ब्यवस्थित छैनन् । न त ब्यवस्थित बधशाला नै छ । यसतर्फ स्थानीय सरकार र सरोकारवालाको ध्यान जान आवश्यक भएको स्थानीय ब्यवसायीहरुको भनाई छ ।
त्यस्तै चाँडपर्वहरु नजिकिए संगै उपभोक्ताहरुको मोह मासु खाने मै केन्द्रित हुन्छ तर मासु काट्ने ठाउँ फोहर छ कि सफा छ भन्ने तर्फ उपभोक्ताहरुको चाँसो हुदैन । सरसफाईको न्यूनतम मापदण्ड पनि पालना नगरेरै काटिएको मासुमा छिटै वाहिय किटाणुहरुले आक्रमण गर्दा त्यहि मासु मानव स्वास्थ्यकालागि बिसाक्त बन्न सक्छ । यसर्थ स्थानीय सरकार,उद्योग बाणिज्य संघ र सरोकारवाला सबैले ब्यवस्थित मासुपसल सञ्चालनमा जोड दिन आवश्यक छ । बजारको बिचोबिच भागमा मासुपसल राखेर दुर्गन्ध फैलाउने सलिम मिट सप जस्ता सरसफाईको मापदण्ड पालना नगरेर सञ्चालन गरिएका मासुपसल तत्काल ब्यवस्थापन र नियमन गर्न आवश्यक रहेको स्थानीय वासिन्दाहरुको भनाई छ ।
