दाङ । मेरो पसलको दक्षिणतर्फ कुनामा सलिम मिटसप नामको भैसीको मासुबेच्ने पसल छ । पश्चिम उत्तरतर्फ थुप्रै पसलहरु छन् भने पुर्वतर्फ बस्ति बसेको छ ।
यो मासुपसल न गाउँपालिकामा दर्ता भएको छ न त आन्तरिक राजश्व कार्यालयबाट स्थायी लेखा नम्बर प्राप्त नै छ । वरीपरि गन्हाएर बस्नै सकिन्न ।सरसफाईको न्यूनतम मापदण्ड समेत पालना नगरेरै गढवा बजारको बिचमा सलिम मिट सप संचालनमा आएको छ । नियमन गर्ने निकायको छिटो ध्यान जानु पर्यो–स्थानीय मधु उपाध्यायले भन्नु भयो ।
गढवा उद्योग बाणिज्य संघलाई यो पसल हटाउन वा नियमन गर्न अनुरोध गरयौ । आज गाउँपालिकाका उपाध्यक्ष र इलाका प्रशासन कार्यालय लमहीको संयुक्त अनुगमन टोलिलाई पनि स्थानान्तरण गर्न अनुरोध गरेका छौं । छिटो भन्दा छिटो ब्यवस्थापन हुनु पर्यो–उक्त मासुपसल छेवैका स्थानीय बिरेन्द्र सिंह ठकूरीले भन्नुभयो । यसअघि गढवा उद्योग बाणिज्य संघको अनुगमन टोलिले पनि उक्त मासुपसल सरसफाईको मापदण्ड बमोजिम संचालन गर्न सुझाव दिएको थियो ।
त्यसो त गढवा बजार क्षेत्रको वरिपरि मात्रै कुल १९ वटा मासुपसलहरु सञ्चालनमा रहेका छन् । करिब ५÷७ वटा फ्रेसहाउस छोडेर अधिकांश मासुपसलहरु सरसफाईको मापदण्डमा छैनन् । गढवामा भैसिको मासु बेच्ने २ वटा, बंगुरको मासु बेच्ने ३ वटा,खसी र कुखुराको मासु बेच्ने २ वटा र ब्रोइलरको मात्र मासु बेच्ने १२ वटा मासुपसल सञ्चालनमा रहेका छन् ।
गढवामा मात्रै आकाश,शाही,थापा,न्यूथापा, जन्नत, सलमा, एकान्त,बर्ष शिसिर,नितिका,श्रेया,सुरज र तन्नु–अन्नु फे्रसहाउस,राप्ती तथा देउखुरी बंगुर फ्रेस हाउस,सलिम बफ मिट सप,अस्कर अलि बफ फ्रेस हाउस र खसी कुखुराका आयुम मिटसप तथा न्यूराप्ती फ्रेस हाउस सञ्चालनमा रहेको पाईएको छ । गढवजा बजारमा सञ्चालित मासुपसल ५÷७ वटा बाहेक अरु मापदण्ड बमोजिम ब्यवस्थित छैनन् । न त ब्यवस्थित बधशाला नै छ । यसतर्फ स्थानीय सरकार र सरोकारवालाको ध्यान जान आवश्यक भएको स्थानीय ब्यवसायीहरुको भनाई छ ।
त्यस्तै चाँडपर्वहरु नजिकिए संगै उपभोक्ताहरुको मोह मासु खाने मै केन्द्रित हुन्छ तर मासु काट्ने ठाउँ फोहर छ कि सफा छ भन्ने तर्फ उपभोक्ताहरुको चाँसो हुदैन । सरसफाईको न्यूनतम मापदण्ड पनि पालना नगरेरै काटिएको मासुमा छिटै वाहिय किटाणुहरुले आक्रमण गर्दा त्यहि मासु मानव स्वास्थ्यकालागि बिसाक्त बन्न सक्छ । यसर्थ स्थानीय सरकार,उद्योग बाणिज्य संघ र सरोकारवाला सबैले ब्यवस्थित मासुपसल सञ्चालनमा जोड दिन आवश्यक छ । बजारको बिचोबिच भागमा मासुपसल राखेर दुर्गन्ध फैलाउने सलिम मिट सप जस्ता सरसफाईको मापदण्ड पालना नगरेर सञ्चालन गरिएका मासुपसल तत्काल ब्यवस्थापन र नियमन गर्न आवश्यक रहेको स्थानीय वासिन्दाहरुको भनाई छ ।