
Pbu
pku
Rgp1
Unsku
Pes
Djs
Lnp
cjs
Gfs
Sgr
Rgp
Srbpu
Ses
Ggp

Hal
Sls
Pvg
Bbu
Ssm
Asm
Vor
nsb
Wsp
Rsb
Bbbpu
Ggd
Tsm
Rgu
Ksm
Rgs
Rgu
Gst
Sbs

Pls
Ptm
Syp
sab
Abd
bbt
Jmb
Mks
Bml
Jmb
Rmb
Gsb
Rpp
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ ।
काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।
पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । ‘प्रसारण लाइनमुनि रहेका सबै घरहरु हटाउन हामीले माइकिङ गरेका हौं । यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेको छ । उहाँहरुले माइकिङ गरेपछि नैतिकताले भवन भएको संरचना हटाउनुहुन्छ होला’, पाण्डेले भने ।
त्यस्तै महानगरपालिकाले विद्युत प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास गर्दैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए । ‘हामीलाई यो विषयमा जानकारी नै थिएन । तर अब महानगरसँग छलफल गर्छौं । हामीलाई पनि व्यक्तिले दिएको जग्गामा निर्माण गरेको घर हो । राजनीतिक दलको संरचना भन्दैमा कानुन नलाग्ने चाहिँ होइन तर हामी गलत छैनौं भन्ने लाग्छ’, श्रेष्ठले भने ।
यस्तै राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा, नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको छ ।
