Sidha Patra शुक्रबार, आश्विन १४, २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यालय भवन अनधिकृत भन्दै महानगरले हटाउन माइकिङ गरेको छ ।

काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको राप्रपाको कार्यालय विद्युत प्रसारण लाइनमुनि रहेकाले हटाउन निर्देशन गर्दै माइकिङ गरेको महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

पाण्डेका अनुसार विद्युत प्रसारण लाइनमुनि रहेका संरचना हटाउन माइकिङ गरेर जानकारी दिन सुरु गरिएको छ । ‘प्रसारण लाइनमुनि रहेका सबै घरहरु हटाउन हामीले माइकिङ गरेका हौं । यसमा राप्रपाको केन्द्रीय कार्यालय पनि परेको छ । उहाँहरुले माइकिङ गरेपछि नैतिकताले भवन भएको संरचना हटाउनुहुन्छ होला’, पाण्डेले भने ।

त्यस्तै महानगरपालिकाले विद्युत प्रसारण लाइनको तल पर्ने जमिनमा बनेको संरचनामा नक्सापास गर्दैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सबै प्रक्रिया पूरा गरेर भवन निर्माण गरेको बताए । ‘हामीलाई यो विषयमा जानकारी नै थिएन । तर अब महानगरसँग छलफल गर्छौं । हामीलाई पनि व्यक्तिले दिएको जग्गामा निर्माण गरेको घर हो । राजनीतिक दलको संरचना भन्दैमा कानुन नलाग्ने चाहिँ होइन तर हामी गलत छैनौं भन्ने लाग्छ’, श्रेष्ठले भने ।

यस्तै राप्रपा स्रोतका अनुसार दिलविकास राजभण्डारीले पार्टी कार्यालय बनाएर तत्कालीन राप्रपा, नेपाललाई दिएका थिए । उनले पत्नी शशीकला राजभण्डारीको स्मृतिमा बनाएको भवन १२ आना जग्गामा ६ हजार ५ सय वर्ग फिटमा फैलिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]