
Rgp1
Pbu
sbs
Djs
Srbpu
Ggp
Lnp
Sgr
cjs
Gfs
Pes
Unsku
Rgp
pku

Rgu
Pvg
Ggd
Bbu
Ksm
Vor
Ssm
Asm
Sls
Rgs
Bbbpu
Rsb
Tsm
Wsp
nsb
Sbs
Gst
Hal
Rgu

sab
Syp
Bml
Jmb
Abd
Rmb
Jmb
Pls
Ptm
Rpp
bbt
Gsb
Mks
गुल्मी । गुल्मीमा कोरोना परिक्षण हुने भएको छ । जिल्लामा पिसिआर ल्याब तथा ५० बेडको आइसोलेशन हाउस संचालनको लागि यहाँका स्थानीय तहहरुले तयारीलाई अगाडी बढाएका छन् ।
जिल्ला स्तरिय विपद् व्यावस्थापन समितिले तीन वटै सरकार र निजी क्षेत्रहरुको सहयोग र समन्वयमा प्रयोगशाला र आइसोलेसन संचालन हुने भएको हो । गुल्मीको सदरमुकाम तम्घासमा कोरोना परिक्षण गर्न परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीले कोरोना परिक्षण गर्ने पिसिआर मेसिन गत साउनमा रेसुङ्गा नगरपालिकालाई हस्तान्तरण गरेका थिए ।
मन्त्री ज्ञवालीले जिल्ला विपद व्यवस्थापन समिति मार्फत रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालललाई मेसिन प्रदान गरेका थिए । प्रदान गरिएको मेसिनलाई प्राबिधिक कारणले चिनमा पठाइएको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए ।नगरपालिकालाई बिग्रेको मेसिन दिएको भन्ने हल्ला भएको मेयर भुसालले बताए ।
मेसिनमा प्राबिधिक कुराहरु मिलाउनु पर्ने भएकाले त्यसलाई फिर्ता गरिएको नभई मिलाउनको निम्ति पठाइएको नगर प्रमुख भुसालको भनाई छ । केहि दिनमा सोहि मेसिन वा अर्को मेसिन आउने र अब केहि दिनमै जिल्लामै कोरोना परिक्षण हुने भुसालको भनाई छ । उताबाट मेसिन आउन ढिलो गरे प्रदेशबाट मेसिन ल्याएर भएपनि जिल्लामै कोरोना परिक्षण अगाडी बढने नगरप्रमुख भुसालले बताए ।ठूलो बिपत्ति नआए भदौ २५ गतेबाट जिल्लामा कोरोना परिक्षणको लागि तयारी अगाडी बढाइएको मेयर भुसालले बताए ।
रेसुङ्गा नगरपालिका मार्फत प्रयोगशालाका अन्य उपकरण खरिद गर्न छलफल भइरहेको छ । उपल्लो तम्घासमा तत्कालिन महिला विकासको कार्यालयमा ल्याव संचालन गर्ने निर्णय भएको छ ।कोरोना परिक्षण गर्न जल्लाका १२ वटै स्थानीय तहले सहयोग गर्ने गरि तयारी गरिएको हो । जिल्लाबाट कोरोना परिक्षणको लागि भैरहवा पठाउनु पर्ने र रिर्पोट आउन धेरै समय लाग्ने भएपछि केहि समय पहिलेबाट स्थानीय तहले सदरमुकाम तम्घासमा कोभिड अस्पताल र ल्याब संचालन गर्न प्रयत्न गरिरहेका छन् ।
