
Msbus
Sdc
Ggp
Lnp
Ksbus
Ggp
Asbus
Rgp
Ksbus

काठमाडौं । डेंगीका कारण हालसम्म २९ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या २२ हजार नाघेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार संक्रमितको संख्या २ हजार ९ सय ८८ पुगेको हो।
संक्रमित मध्ये सबैभन्दा बढी काठमाडौंमा छन्। काठमाडौंले संक्रमितको संख्यामा ललितपुरलाई उछिनेको छ । तथ्यांक अनुसार काठमाडौंमा ७ हजार ३८०,ललितपुरमा ५ हजार ५८५,मकवानपुरमा २ हजार १३५, दाङमा २ हजार २७८ र भक्तपुरमा १ हजार ५० मा संक्रमण पुष्टि भएको छ ।महाशाखाका अनुसार १० जिल्लामा मात्रै १९ हजार ७ सय २७ डेंगीबाट संक्रमित भएका छन्।
तथ्यांक अनुसार प्रदेश १ मा ५ सय ९१, मधेसमा ३ सय २३, वाग्मतीमा १७ हजार ७ सय ३१, गण्डकीमा ५ सय १५, लुम्बिनीमा २ हजार ८ सय २१, कर्णालीमा ३ सय ३० र सुदूरपश्चिममा ७ सय ७७ जनामा डेंगी भेटिएको हो।
त्यस्तै डेंगीबाट मृत्यु हुनेको संख्यामा वृद्धि भइरहेको छ। यसबाट २९ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ। देशभर डेंगी संक्रमण बढ्दोक्रममा रहेपछि महाशाखाले राष्ट्रव्यापी प्रकोप घोषणका गर्न सरकारलाई पत्राचार गरिसकेको छ।
