Sidha Patra शुक्रबार, आश्विन ०७, २०७९

प्युठान। नेपाल सरकारले जारी गरेको भू–उपयोग नियमावली प्युठानमा कार्यान्वयन हुन सकेको छैन। नियमावली लागू गर्न स्थानीय तहको ढिलाई गरेका छन् ।

प्युठानमा स्थानीय तहले जग्गा वर्गीकरण गर्ने भू– उपयोग परिषद् नै बनाउन सकेका छैनन्। आवास्यक प्रक्रिया समेत अगाडि नबढ्दा नौ वटा स्थानीय तहमा जग्गा वर्गिकरणको काम भएको छैन । जिल्ला मालपोत कार्यालय प्युठानका प्रमुख भोज बहादुर भण्डारीले स्थानिय तहहरुले भू–उपयोग नियमावली कार्यान्वनमा तदारुक्ता नदेखाएको बताउनुभयो।

भण्डारीले भन्नुभयो,‘हामीले स्थानीय तहलाई माथिल्लो परिपत्रको आधारमा पत्र काटेर समेत अनुरोध गरिसकेका छौं । अहिलेसम्म कुनै पनि पालिकाबाट निर्णय भएर आएको छैन।’ पालिकाहरुले जग्गा वर्गीकरण नगर्दा सेवाग्राहीले दुःख पाएको भण्डारीले बताउनुभयो । उहाँका अनुसार गत जेठ २६ गतेदेखि कित्ताकाट रोकिएको छ। कित्ताकाट रोकिँदा प्रदेश र स्थानीय तहको राजश्व समेत प्रभावित भएको कार्यालय प्रमुख भण्डारीले बताउनु भयो । संकलित राजश्वको ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेश सरकारलाई बाँडफाँट हुने गरेको छ ।

दैनिक सेवाग्राहीको भीडभाड रहने जिल्लाका जस्पुर र खलङ्गाका मालपोत, नापी कार्यालय सुनसान बनेका छन् । अहिले कर्मचारीदेखि लेखापढी व्यवसायी समेत कामविहीन जस्तै भएका छन् । सरकारले गत जेठ २६ गते भूमिसुधार मन्त्रालय अन्तर्गतका सबै कार्यालय र पालिकाहरुलाई परिपत्र गर्दै २०७९ मंसिर २३ भित्रमा भू–उपयोग नियमावलीको कार्यन्वयन गर्न निर्देशन दिएको थियो । पालिकाले कृषि, गैरकृषि क्षेत्रका रुपमा जग्गाको वर्गीकरण गर्नुपर्नेछ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]