मेगमन बुढा शुक्रबार, भाद्र ०५, २०७७

दाङ । देउखुरीको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले नेपाली महिला दिदी-बहिनीहरुको महान पर्व हरितालिका तीजको शुभकामना दिनु भएको छ । हरेक वर्ष झै यो वर्षपनि दिदी-बहिनीहरुले मनाउने हरितालिका तीज पर्व एक महत्त्वपूर्ण रहेको हुँदा सो पर्वको उपलक्ष्यमा अध्यक्ष केसीले स्वदेश तथा विदेशमा छरिएर बस्नु भएका सम्पुर्ण नेपाली चेलीहरुको सु-स्वास्थ्य एवं दीर्घायुको उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको हो ।

त्यस्तै उहाँले हरितालिका तीजको शुभकामना दिदै आम नेपाली महिला दिदी-बहिनीहरुमा  विश्व व्यापी महामारी रुपमा फैलिएको नोबिल कोरोना भाइरस कोभिड उन्नाइसले नेपाल राष्ट्रको हकमा यतिबेला हजारौं संक्रमीतको चपेटामा पारेको र सयौंले ज्यान गुमाएको अबस्थामा सबै आ-आफ्नो स्थानमा सभ्य भएर आफु बच्ने र अरुलाई बचाउनु पर्ने समय रहेको हुँदा सुरक्षितका साथ पर्व मनाउन सम्पुर्णमा हार्दिक अनुरोधका साथै आग्रह गर्नु भएको छ ।

हाम्रो टिम

संचालक : मेगमन बुढा मगर
सम्पादक: कृष्णे घर्ती मगर
निर्देशक: भानु जोशी
जिल्ला ब्युरो: टेकबहादुर पुन
वरिष्ठ सम्बादाताहरु: शिवराज पन्थी,जयप्रकाश पौडेल
सम्बादाताहरु: शिवराज खनाल,टोपेन्द्र खनाल,श्रावण बस्नेत

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लि.
# दर्ता नं. :– २४५९/०७७-०७८
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८४९८८७५१४
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]