श्रवण बस्नेत शुक्रबार, भाद्र ०५, २०७७

दाङको,देउखुरीमा काेभिड-१९ ले दुधको क्षेत्रमा पनि प्रभाब पारेकाे छ । लमही नगरपालिका वडा नम्बर १ मा रहेका दुईवटा दुध संकलन गर्ने संस्थाले बताएका छन । किसान दुध उत्पादक सहकारी र निलकमल सहकारी सस्थामा यस्ताे प्रभाब देखिएकाे हाे । किसान दुध उत्पादक सहकारीमा पहिले ५०० सय लिटर दैनिकी जाने गरेमा अहिले ढाइ सय लिटर मात्रै संकलन भएको सस्थाका अध्यक्ष पुनाराम अधिकारीले बताउनु भयो ।

काेभिड संग याे समय दुध बृद्धि नहुने ठाेकुवा गर्नुहुदै गाई,भैंसी ब्याउने समय नभएकाले पनि त्यसकाे असर यसमा देखिएको अध्यक्ष अधिकारीको भनाइ रहेको छ । अधिकाम्स गाई,भैंसी ब्याउने तयारीमा रहेकाे अबकाे असाेज महिना पछि केही दुध बढ्ने अपेक्षा गर्नु भएको छ । २०५१/५२ सालमा स्थापना भएको सहकारीमा ढाइ सय सदस्य उपभोक्ताहरु रहेका छन । लामाे समय पछि उसले साेहि ठाउँमा घडेरी खरिद गरि भबन निर्माण गरेर साेहि ठाउँबाट सेवा दिइरहेको छ।लमहि न,पा,१,३ वडाहरुबाट दुध अाउने गर्दछ । उक्त सहकारी एकल उदेश्य उठान गरेर संचालित छ । यस्तै लमहि न,पा,१ मा रहेकाे निलकमल सहकारीमा पनि दुधकाे मात्रा घटेकाे बताएको छ ।

पहिले १००० लिटर दुध संकलन हुदै अाइरहेकाेमा अहिले अाधा ५०० लिटर मात्रै संकलन बढि मुल्किलले हुने गरेकाे सहकारीकि ब्यबस्थापक पुनम भण्डारीले बताउनु भएको छ । उसकाे दुध अाउने क्षेत्र बढि भएकोले यस्ताे भएको भन्नुहुदै सहकारी हेफर इन्टर नेसनल प्रा.लि र सामाजिक उधमि महिला समूहबाट संन्चालित भए पनि उसले अहिले सम्म नत घडेरी नत भबन नै जाेड्न सकिरहेकाे छैन । लमहि न,पा,१ सुन्डबरिमा संकलन केन्द्र रहेकाे सहकारी २०७१ सालमा स्थापना भएको हाे । उसले ७ जनालाई रोजगारी दिन सफल भएको छ । ठुलाे सहकारी भएकाले लगानी पनि ठुलै रहेको भन्नुहुदै सहकारी मुनाफा कमाउने हाेइन सेवामुखि भएकाले सस्थाले घडेरी र भबन बनाउन तर्फ साचाे नदिएकाे ब्यबस्थापक भण्डारीले बताउनु भयो हो । उसले कृषि ऋण लगानी बचत संकलन लगायतका बहुउद्देश्यीय सेवा दिइरहेकाे छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]