
Ksb
Ssb
Ksb
Nsb
Csb
Rsb
Rks
Gsb
Tgp
Bsn
jsb
Ssb
Ppu
Usb
Ksb

Gsb
Ssb
Hl1
Usb
Tsb

Rgu
ptl
Nps
मकवानपुर । बागमती प्रदेशमा डेंगू सङ्क्रमणबाट ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय बागमती प्रदेशको तथ्याङ्क अनुसार उक्त सङ्क्रमणका कारण मकवानपुर सहित अन्य छ जिल्लामा गरी ११ जनाको मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका प्रमुख महेश्वर श्रेष्ठले डेँङ्गुबाट काठमाडौँमा चार,ललितपुरमा दुई, सिन्धुपाल्चोकमा दुई,मकवानपुरका एक,सिन्धुलीमा एक जना र धादिङमा एक जनाको मृत्यु भएको जानकारी दिए । यसैगरी प्रदेशमा हालसम्म १३ हजार तीन सय ७५ जना डेँगुका बिरामी फेला परेको छ । ती सबैभन्दा धेरै ललितपुर जिल्लामा चार हजार आठ सय ७८ मा डेँङ्गुका बिरामी फेला परेका छन् ।
यसैगरी काठमाडौँमा चार हजार ६ सय ७४, मकवानपुरमा एक हजार आउ सय १०,भक्तपुरमा सात सय १३,चितवनमा चार सय २९ र धादिङमा तीन सय ९९ जना डेँङ्गुको बिरामी फेला परेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।अनलाइनखबर
