
Lnp
Msbus
Ksbus
Ggp
Sdc
Ksbus
Ggp
Rgp
Asbus

काठमाडौं । १०४ डिग्रीसम्म ज्वरो आउने, शरीर असाध्यै दुख्ने,आँखाको गेडी दुख्ने,ढाडको तल्लो भाग कट्कट् खाने,खुट्टाको जोर्नी एकदमै दुख्ने, खान अमन र वान्ता हुने लक्षण देखिएपछि कोटेश्वर बस्ने ३० वर्षीय रूपक श्रेष्ठ एमएस हेल्थ कियर एण्ड ग्यास्ट्रो सेन्टर पुगे । डेंगुको आशंका गर्दै उनलाई सेन्टरले परीक्षण शुल्क २५०० रुपैयाँ असुल्यो ।
श्रेष्ठ एक प्रतिनिधि पात्र हुन् । डेंगुको प्रकोप व्यापक बन्दै जाँदा परीक्षणका नाममा प्रयोगशालाहरूले पाँच गुणासम्म बढी शुल्क असुलिरहेका छन् । अस्पतालहरूले पनि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा प्रतिव्यक्ति ५०० देखि २६०० रुपैयाँसम्म उठाइरहेको विवरण प्राप्त भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक अधिकारी कीटको मूल्य र अन्य खर्च जोड्दा पनि ५०० रुपैयाँसम्ममा डेंगुको परीक्षण गर्न सकिने बताउँछन्, तर सरकारी प्रयोगशालाहरूले नै २६०० सम्म असुलिरहेका छन् ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ८००, वीर अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ५०० लिइरहेका छन् । यसरी सरकारी प्रयोगशालाबाटै बिरामी ठगिएको देखिन्छ । डेंगु परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल र भक्तपुर अस्पतालको छुट्टाछुट्टै दर छ ।
त्रिवि शिक्षण अस्पतालले ओपीडीमार्फत आउने सेवाग्राहीको डेंगु परीक्षण गर्दा १,००० शुल्क लिने गरेको सूचना अधिकारी रामविक्रम अधिकारीले बताए । भक्तपुर अस्पतालले ७५० र निजामती अस्पतालले ८०० लिने गरेको छ । निजीतर्फ सुमेरु अस्पतालले २४००,ग्राण्डी अस्पतालले २६००, स्टारले १८००, नर्भिक अस्पताल र भेनसले १२०० र हृयाम्सले १७०० लिने गरेका छन् ।
विज्ञहरू परीक्षण निःशुल्क गरेर व्यापक बनाए मात्र डेंगु प्रकोप नियन्त्रणमा आउने बताउँछन् । ‘धेरै मानिस लक्षण देखिए पनि महँगो शुल्कका कारण परीक्षणको दायरामा आएका छैनन्’ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्छन्, ‘परीक्षण निःशुल्क भए मात्र डेंगुको फैलावट रोक्न सकिने देखिन्छ ।’
निजी अस्पतालहरू गुणस्तरका आधारमा शुल्क दिंदै आएको दाबी गर्छन् । ‘हामीकहाँ अमेरिकन कीट प्रयोग हुने हुँदा डेंगु परीक्षण गुणस्तरीय र केही महँगो देखिएको हो’ निजी अस्पतालका एक कर्मचारी भन्छन्, ‘भारतीय कीट भए सस्तोमा पनि गर्न सकिन्छ ।’
