
Ggp
Rgp
Ksbus
Lnp
Msbus
Ggp
Sdc
Ksbus
Asbus

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सुआहारा दोस्रो कार्यक्रम सिकाइ आदानप्रदान सम्बन्धि कार्यशाला गोष्ठी कार्यक्रम शुक्रबार एक कार्यक्रमको बीचमा सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिकामा सुआहारा कार्यक्रमले स्वास्थ्य,शिक्षाको क्षेत्रमा महत्त्वपूर्ण कार्य गरेको बताउनु भयो ।
त्यस्तै आफू भरखरै निर्वाचित भएर आएको हुँदा यस कार्यक्रमसंग धेरै सहकार्य गर्न नसकेको भएपनि राजपुरका विभिन्न बस्तीहरुमा पुगेर जनचेतना जगाउनुका साथै स्वास्थ्य, शिक्षामा महत्त्वपूर्ण कार्य गरेको अध्यक्ष बुढाथोकीले बताउनु भयो । यस्तै उहाँले आगामी दिनमा राजपुर गाउँपालिकामा अझै यस कार्यक्रमको खाचो रहेकोले पुन तेस्रो कार्यक्रम ल्याउन आग्रह गर्नु भएको छ ।
कार्यक्रममा उपाध्यक्ष धनपती देवी यादवले सुआहारा कार्यक्रमलाई आफुले नजिकबाट बुझेको र यस अघिपनि आफू गाउँपालिकाको उपाध्यक्ष रहेको समयमा पनि यस कार्यक्रमसंग सहकार्य गरि स्वास्थ्य र शिक्षामा प्रभावकारी ढंगले संचालन गर्न सकिएको बताउनु भयो । यस कार्यक्रम अझैपनि आवश्यक रहेकोेले पुनः तेस्रो कार्यक्रमपनि ल्याउन आग्रह गर्नु भएको छ ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत बिष्णु कुमार पाण्डेले सुआहारा कार्यक्रम स्वास्थ्य,शिक्षाको क्षेत्रमा छुट्टै योगदान रहेको बताउनु भएको छ । यस्तै उहाँले सुआहारा कार्यक्रम मार्फत बालबालिकालाई कुपोषणबाट बचाउन पोषण युक्त खाना सम्बन्धि जनचेतनामूलक सन्देश समाजमा प्रभावकारी ढंगले संचालन गर्न सकेको बताउनु भयो ।
कार्यक्रममा राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा प्रवक्ता श्याम बहादुर रोका,राजपुर स्वास्थ्य चौकीका इन्चार्ज खिम बहादुर रावत शिक्षा शाखा प्रमुख केशव लम्साल, कृषि शाखाका प्रमुख ऋतु भण्डारी लगायतका बक्ताले सुआहारा कार्यक्रमले हजार दिने आमालाई पोषण युक्त खाना र बच्चालाई प्रदान गरिने पोशिलो खानाको बारेमा महत्त्वपूर्ण व्यवहारिक रुपमा कार्यक्रम संचालन गरेको हुँदा अझैपनि राजपुर गाउँपालिकामा यो कार्यक्रमको धेरै खाचो रहेकोले तेस्रो कार्यक्रम पनि ल्याएर संचालन गर्न आग्रह गरेका थिए ।
सबैको घर आगन फलोस फुलोस भन्ने उदेश्यका साथमा कार्यक्रम संचालन रहेको सुआहारा कार्यक्रम राजपुरमा झण्डै ६ वर्षको कार्यकालमा संस्थाले प्रमुख स्वास्थ्य,शिक्षा र सामाजिक लगायत अन्य क्षेत्रमा रहेर काम गरेको सुआहारा वेस कार्यक्रम राजपुर गाउँपालिका स्तरीय पोषण सहजकर्ता अर्बिन चौधरीले बताउनु भयो ।
कार्यक्रमको पहिलो चरणमा कार्यक्रमको बारेमा छलफल र दोस्रो चरणमा हालसम्म गरिएको कार्यक्रमको समिक्षा आदानप्रदान गरिएको थियो भने उक्त कार्यक्रमको बारेमा छलफल तथा जानकारी सुआहारा वास अधिकृत रोशन चौलागाईं,सुआहारा hfpmo सेतलाल डाँगी,सुआहारा fc सन्जय चौधरी सुआहारा वेस दाङका mnf रामप्रसाद चौधरी रहनु भएको थियो ।
कार्यक्रममा राजपुर गाउँपालिका अन्तरगतका वडा अध्यक्ष, गाउँ कार्यपालिका सदस्य,कर्मचारी लगायतको उपस्थितिमा भएको कार्यक्रमको संचालन राजपुर स्वास्थ्य चौकीका इन्चार्ज खिमबहादुर रावतले गर्नु भएको थियो ।
