Sidha Patra शनिबार, आश्विन ०१, २०७९

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसर पारेर आज बिहान काठमाडौं वाकाथन अर्थात बिहानी पैदलयात्रा गरेको छ । बिहान ७ बजेदेखि बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा वसन्तपुरमा गएर टुङ्गिएको हो।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आफैँले पदयात्राको नेतृत्व गरेका थिए । ‘संविधानको सात वर्षे यात्रा, युवा सँगसँगै पदयात्रा’ नाम दिइएको कार्यक्रममा पार्टी अध्यक्ष ओली नयाँ बानेश्वरबाट पैदल हिँडेर वसन्तपुर पुगेका हुन् ।

संविधान दिवस पर्सि असोज ३ गते पर्ने भए पनि निर्वाचन आयोगसँग सम्बन्धित अभियानहरुमा सहभागी हुनुपर्ने भएकाले एमालेले दुई दिन अगाडि नै आज मर्निङवाक कार्यक्रम राखेको हो । पदयात्रा कार्यक्रममा अध्यक्ष ओलीकी धर्मपत्नी राधिका शाक्य, महासचिव शङ्कर पोखरेल, उपाध्यक्ष एवम् संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]