
Srbpu
Unsku
Rgp1
Pbu
Sgr
Rgp
Lnp
Ggp
pku

Sls
Ssm
Rgu
Hal
Pvg
Rgu
Wsp
Sbs
Rgs
Ggd
Tsm
Bbu
nsb
Asm
Ksm
Vor
Gst
Rsb
Bbbpu

Bml
Abd
Mks
Ptm
bbt
Gsb
Rmb
Jmb
Rpp
Pls
Syp
sab
Jmb
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मुद्दा फिर्ता लिने सरकारको निर्णयको स्वागत गरेको छ। भदौ २७ गते बसेको मन्त्रिपरिषद बैठकले मुद्धा खारेजीबारे निर्णय गरेको भन्दै सरकारलाई धन्यवाद पनि दिएको छ।
मन्त्रिपरिषद बैठकले प्रशासनिक एवं अर्ध न्यायिक प्रकृतिका मुद्धाहरुलाई यथाशीघ्र फर्छ्यौट गर्न र कानुनसंग अन्तरविरोध राख्ने मुद्धाको हकमा कानुनी व्यवस्था वा कानुन संशोधन गरी मुद्धा खारेज गर्ने निर्णय गरेको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले बताए। ‘सरकार र नेकपाबीच भएको सहमतिलाई कार्यान्ययन गर्न मन्त्रिपरिषद्ले गरेको उक्त निर्णयले तीन बुँदे सहमति कार्यान्वयनलाई गुणात्मकता प्रदान गरेको छ’ उनले भनेका छन्।
विप्लव समूहसँग तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३ बुँदे सहमति गरेको थियो। त्यसपछिको शेरबहादुर देउवा नेतृत्वको सरकारले पनि तीन बुँदे सहमति अनुसार काम गरेको भन्दै विप्लव समूहका प्रवक्ता प्रकाण्डले तीन बुँदे सहमति अनुसार पार्टीको दायित्वप्रति इमान्दार र प्रतिबद्ध रहेको प्रष्टीकरण दिएका छन्।
