
Sdc
Ksbus
Ggp
Asbus
Ggp
Ksbus
Lnp
Msbus
Rgp

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवामा गएको आइतबार १५ जनाको कार्यसमिति रहने गरि वडा स्तरीय बंशवली कमिटी गठन भएको छ । देशका हरेक कुनामा छरिएर बसेका सम्पुर्ण वलीको बंशलाई एक ढिक्का बनाउने अभियान गाउँ,घरको टोल बस्तीबाटै सुरु गर्नु पर्छ भन्ने उदेश्यले वडा भित्रका वलीलाई एक ठाउँमा भेला बोलाई वडा स्तरीय कमिटी गठन गरिएको हो ।
जसको अध्यक्षमा समाजसेवी एवम् बुद्धिजीवी श्यामलाल वली,उपाध्यक्षमा हर्कबहादुर वली, सचिबमा निम बहादुर वली,सहसचिवमा इमा वली,कोषाध्यक्षमा टेकबहादुर वली लगायत १५ जनाको समिति रहेको नव कार्य समितिले जानकारी दिएको छ । भेलामा समाजसेवी कुमारी वलीले नयाँ कार्यसमितिलाई कार्यकालको शुभकामना दिनुहुँदै उहाँले आफ्नो कार्यकालमा वडा स्तरीय मात्र नभएर अब यो समितिले गाउँपालिका भित्रमा रहेका सम्पुर्ण वलीलाई एक ढिक्का बनाउने अभियानमा होमिन सुझाव दिनु भएको थियो । त्यस्तै उहाँले गाउँ देखि सहर सम्म रहेका सबै वलीहरुले घर चलाउने देखि देश चलाउने सम्मको कार्यमा सफल हुनका लागि स्वयं वलीहरुले नै राम्रो काम गरेर देखाउनु पर्ने बताउनु भएको हो ।
त्यसैगरी नयाँ कार्यसमितिका उपाध्यक्ष हर्कबहादुर वलीले विभिन्न कार्यमा सफल हुन र देशको प्रधानमन्त्री सम्म बन्न वलीहरुनै बुद्धिमान भएर अघि सर्नु पर्ने बताउनु भयो । त्यस्तै समितिका अध्यक्ष श्यामलाल वलीले बंशावली गठित गरि इतिहास देखि भबिस्य सम्म आफ्नो गतिविधिको बारेमा सबै थाहा हुने भएको हुँदा यो समिति गठन गरिएको बताउनु भएको त्यहाँ देखि समाजसेवी यामलाल वलीले सिधापत्रलाई जानकारी दिनुु भएको हो ।
