
Ksb
Ssb
Rks
Bsn
Ksb
Gsb
Ssb
Usb
Ksb
Tgp
Nsb
Csb
Rsb
Ppu

Tsb
Hl1
Usb
Ssb
Gsb

ptl
Nps
Rgu
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर १ नर्ति निवासी ३८ वर्षका मुटुरोगी कलस चौधरीलाई देउखुरी मोबाइल ब्यबसायी संघ लमहीले मंगलबार निवासमै पुगेर आर्थिक सहयोग गरेको छ ।
संघका अध्यक्ष भिम भुसाल,महासचिव राजु गिरि,कार्यक्रम संयोजक राजु कुमाल र वडा नम्बर १ का वडा अध्यक्ष नुमराज पौडेलको विशेष उपस्थितिमा संघले पिडक चौधरीलाई नगद १० हजार,४ सय,२५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको हो । त्यस्तै सो आर्थिक सहयोग हस्तान्तरण गर्दै संघका अध्यक्ष भुसालले विभिन्न समस्याको कारण गाउँ-समाजमा पिछडिएका वर्गलाई देउखुरी मोबाइल ब्यबसायी संघ जस्तै अन्य संघ संस्थाले यसैगरी सहयोगका हातहरु अघि सारे समाजका स-साना समस्याहरुको समाधान भएर जाने र समृद्धि समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने सिधापत्र संग बताउनु भयो ।
