Sidha Patra सोमबार, भाद्र २७, २०७९

दाङ । दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका पडा नम्बर १४ बालमन्दिर रोडस्थित ४० वर्षीया माया बिसी वलीको डेंगुबाट मृत्यु भएको हो ।

वलीलाई भदौ २६ गते डेंगु पुष्टि भएको थियो । स्वास्थ्य असहज बन्दै गएपछि भदौ २७ गते बिहान करीव ४ बजे उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा सोमबार बिहान करीव ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै वलीको ल्याब टेष्ट गर्दा डेंगु पोजेटिभ देखिएपछि उपचार गर्ने क्रममै मृत्यु भएको हो । उपचारको क्रममा अक्सिजन लेवल घटेको, प्रेसर घट्नुका साथै स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएपछि मृत्यु भएको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकले जनाएका दाङ प्रहरीले पुष्टि गरेको छ । पछिल्लो समय जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रुपमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा ३ सय जनामा डेंगु पुष्टि भईसकेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]