
Rgp
Sgr
Gfs
Djs
sbs
cjs
Rgp1
Lnp
pku
Pes
Ggp
Pbu
Srbpu
Unsku

nsb
Vor
Rgu
Rgs
Tsm
Rgu
Bbu
Hal
Ssm
Ggd
Sls
Wsp
Gst
Ksm
Rsb
Bbbpu
Sbs
Pvg
Asm

sab
Jmb
Gsb
Pls
Abd
Rmb
Rpp
Mks
Syp
bbt
Bml
Jmb
Ptm
दाङ । दाङमा डेंगुबाट संक्रमित एक जना महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमका अनुसार घोराही उपमहानगरपालिका पडा नम्बर १४ बालमन्दिर रोडस्थित ४० वर्षीया माया बिसी वलीको डेंगुबाट मृत्यु भएको हो ।
वलीलाई भदौ २६ गते डेंगु पुष्टि भएको थियो । स्वास्थ्य असहज बन्दै गएपछि भदौ २७ गते बिहान करीव ४ बजे उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा सोमबार बिहान करीव ११ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै वलीको ल्याब टेष्ट गर्दा डेंगु पोजेटिभ देखिएपछि उपचार गर्ने क्रममै मृत्यु भएको हो । उपचारको क्रममा अक्सिजन लेवल घटेको, प्रेसर घट्नुका साथै स्वास्थ्य अवस्था अत्यन्त कमजोर भएपछि मृत्यु भएको उपचारमा संलग्न प्रतिष्ठानका चिकित्सकले जनाएका दाङ प्रहरीले पुष्टि गरेको छ । पछिल्लो समय जिल्लामा डेंगुबाट संक्रमित हुनेको संख्या अस्वाभाविक रुपमा बढ्दै गएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लामा ३ सय जनामा डेंगु पुष्टि भईसकेको छ ।
