
Gesld
Dpm
Dbc
Pbu
Snmbs
rgs
Sdc
Snmbs
sjnsplk
dpm
snmbs
pvg
Mbf
Ges
Amb


दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा राजपुरकै सबैभन्दा पहिलो सेवा युक्त सम्पन्न रेन्वो गिरी होटलको सोमबार विधिवतका साथ उद्घाटन भएको छ । उक्त होटलको राजपुर गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष दुर्गा प्रसाद शर्माले विधिवतका साथ रिबन काटेर उद्घाटन गर्नु भएको हो ।
राजपुरको एक मात्र धरोहरको रुपमा रहेको सोमइथान मन्दिरमा टाढा,टाढाबाट धार्मिक आस्था बोकेर पुजा-पाठ गर्न तथा मन्दिरको वर-परका मनोरम दृश्यको अवलोकन गर्न आउने भक्तालुजन तथा तिर्थ यात्रीहरुलाइ विशेष मध्यनजर गर्दै यस क्षेत्रमा पुर्व-पश्चिम् यात्रा गर्ने यात्रुलाई सेवा गर्ने उदेश्यका साथ होटल संचालनमा ल्याइएको होटल संचालक जमान सिंह गिरीले बताउनु भएको छ । सो होटलमा चाइनिजका सम्पुर्ण आइटम पाइयीनुका साथै अदर अनुसार खाना तथा इन्डियन आइटमका परिकार एवं लोकल भाले र उच्च क्वालेटीका पिए पदार्थ पाइन्छ भने फ्री वाइ-फाइ नेटको समेत व्यवस्था गरिएको सो होटल संचालक गिरीले बताउनु भएको छ ।
यस अघि कटेजको रुपमा संचालन रहेको उक्त होटल अहिले होटलमा परिनत भएको हो ।त्यस्तै सो उद्घाटन कार्यक्रममा गढवा होटल व्यवसायी संघका अध्यक्ष दयाराम थापा क्षेत्री,समितिका सचिव तिलक पुन,वडा नम्बर २ का वडा सदस्य अर्जुन जि.सी,जनज्योति माध्यमिक विद्यालयका पुर्व अध्यक्ष अमरराज गिरी,कुशल व्यवसायीक परबल रसाइली,समाजसेवी एवम् बुद्धिजीवी मान बहादुर बुढा,तुलसीराम भण्डारी,लगायत अन्य उच्च स्तरका व्यक्तिहरुको उपस्थितिमा होटलको उद्घाटन गरिएको थियो भने यो संगै गढवा होटल व्यवसायी संघको मातहतमा दुई सय ७ वटा होटल संचालनमा रहेको सो संघका अध्यक्ष थापा क्षेत्रीले बताउनु भएको हो ।
