
Srbpu
Sgr
Rgp
Ggp
Rgp1
pku
Unsku
Lnp
Pbu

nsb
Vor
Tsm
Ggd
Pvg
Gst
Hal
Rgs
Rsb
Ksm
Sls
Rgu
Bbu
Ssm
Rgu
Bbbpu
Sbs
Asm
Wsp

Ptm
Pls
Jmb
sab
Gsb
Rmb
bbt
Syp
Jmb
Bml
Mks
Rpp
Abd
दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले जनसरोकारका विशेष तः चारवटा मुद्दा हुने र ती मुद्दा लिएर एमाले आउने मंसिर ४ को निर्वाचनमा जाने बताउनुभयो ।
उहाँको भनाईमा पहिलो मुद्दा स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको प्रश्न हो । त्यसपछि विकास र समृद्धिका मुद्धा,तेस्रोमा सामाजिक सुरक्षासहित लोक कल्यानकारी राज्य निर्माण र चौथोमा अब नेपाललाई कुन बाटो अगाडि बढाउने भन्ने मुद्दा रहेको पोख्रेलको भनाई छ ।
यी चार मुद्दामा एमालेले अन्य पार्टी भन्दा अग्रनी भूमिका खेलेको उहाँले बताउनुभयो । जसले गर्दा जनताले एमालेलाई भोट दिने उहाँको जिकिर छ । पहिलो मुद्दामा एमालेले नेपालमा जातीय राज्य स्थापना गर्न नदिएको, नाकाबन्दीको सामना गरेको र नेपालको गुमेको भू–भाग नक्सामा समावेश गर्न संविधान नै संशोधन एमालेले गरेको उहाँले बताउनुभयो ।
यस्तै दोस्रोमा समृद्धि जमिनबाट मात्र होइन, आकाश र समुद्र पनि हो भन्ने कुरालाई स्थापित गर्न, सामाजिक सुरक्षा अन्तरगत बृद्धाभत्तादेखि रोजगारसम्मको कुराको व्यवस्था एमालेले गरेको पोख्रेलको भनाई छ । उहाँले एमाले अन्य पार्टी भन्दा एमाले एकताबद्ध र स्पष्ट रुपमा अगाडि बढेको बताउनुभयो ।
साथै पोखरेलले आउने मंसिर ४ गतेको निर्वाचन यथास्थितिवादी र परिवर्तनवादी शक्तिबीच हुनेपनि बताउनुभयो । त्यसमा यथास्थितिवादीमा गठबन्धन दलहरु र एमाले भने परिवर्तनकारी शक्ति रहेको उहाँको जिकिर छ । काँग्रेसले नीतिगत शक्ति गुमाएर अन्य साना दलसँग गठबन्धन गरेको पनि पोख्रेलको भनाई छ ।
