Sidha Patra आइतबार, भाद्र २६, २०७९

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी जनसरोकारका चारवटा मुद्दा लिएर निर्वाचन जाने बताउनुभएको छ । प्रेस चौतारी नेपाल दाङले आइतबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा उहाँले जनसरोकारका विशेष तः चारवटा मुद्दा हुने र ती मुद्दा लिएर एमाले आउने मंसिर ४ को निर्वाचनमा जाने बताउनुभयो ।

उहाँको भनाईमा पहिलो मुद्दा स्वाधिनता, स्वाभिमान र राष्ट्रहितको प्रश्न हो । त्यसपछि विकास र समृद्धिका मुद्धा,तेस्रोमा सामाजिक सुरक्षासहित लोक कल्यानकारी राज्य निर्माण र चौथोमा अब नेपाललाई कुन बाटो अगाडि बढाउने भन्ने मुद्दा रहेको पोख्रेलको भनाई छ ।

यी चार मुद्दामा एमालेले अन्य पार्टी भन्दा अग्रनी भूमिका खेलेको उहाँले बताउनुभयो । जसले गर्दा जनताले एमालेलाई भोट दिने उहाँको जिकिर छ । पहिलो मुद्दामा एमालेले नेपालमा जातीय राज्य स्थापना गर्न नदिएको, नाकाबन्दीको सामना गरेको र नेपालको गुमेको भू–भाग नक्सामा समावेश गर्न संविधान नै संशोधन एमालेले गरेको उहाँले बताउनुभयो ।

यस्तै दोस्रोमा समृद्धि जमिनबाट मात्र होइन, आकाश र समुद्र पनि हो भन्ने कुरालाई स्थापित गर्न, सामाजिक सुरक्षा अन्तरगत बृद्धाभत्तादेखि रोजगारसम्मको कुराको व्यवस्था एमालेले गरेको पोख्रेलको भनाई छ । उहाँले एमाले अन्य पार्टी भन्दा एमाले एकताबद्ध र स्पष्ट रुपमा अगाडि बढेको बताउनुभयो ।

साथै पोखरेलले आउने मंसिर ४ गतेको निर्वाचन यथास्थितिवादी र परिवर्तनवादी शक्तिबीच हुनेपनि बताउनुभयो । त्यसमा यथास्थितिवादीमा गठबन्धन दलहरु र एमाले भने परिवर्तनकारी शक्ति रहेको उहाँको जिकिर छ । काँग्रेसले नीतिगत शक्ति गुमाएर अन्य साना दलसँग गठबन्धन गरेको पनि पोख्रेलको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]